स्याङ्जा । कालीगण्डकी गाउँपालिकाले पालिकाका युवालाई सीप र गृहिणी महिलालाई इन्डक्सन चुल्हो दिने निर्णय गरेकाे छ। पालिकाका सबै युवालाई सीप र गृहिणीलाई इन्डक्सन चुल्हो उपलब्ध गराउने कालीगण्डकी गाउँपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले निर्णय गर्नुभएकाे हाे।
अध्यक्ष खिमबहादुर थापा र उपाध्यक्ष साबित्रा कोइरालाले पालिकामा आयोजित पदभार ग्रहणपछिको पहिलो बैठकले सो निर्णय गरेको हो।
अध्यक्ष थापाका अनुसार पालिकाबासीका घर–घरमा रहेका ग्यास सिलिण्डर पालिकाले लिने र इन्डक्सन चुल्हो नि:शुल्क दिने भएका हो।
बिजुलीबाट खाना पकाउने चुल्हो (इन्डक्सन) र पालिकाका झण्डैं २ हजार युवालाई क्षमता अनुसारको प्राविधिक सीप आगामी गाउँसभाबाट पारित गरेर कार्यान्वयन गरिने उहाँले बताउनुभयाे।
उहाँका अनुसार आलमदेवी बुहप्राविधिक शिक्षालयमा सिभिल इन्जिनियरिङका कक्षा सञ्चालन सुरु भइसकेको छ। गाउँपालिकाका ४ हजार ७ सय घरधुरीमध्ये यसअघि २ सय घरधुरीले इन्डक्सन चुल्हो पाइसकेको उहाँको भनाइ छ।