धरान । धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई आफैं खानेपानी मुहान मर्मत गर्न पुग्नुभएकाे छ। खानेपानीको चरम अभाव भएको धरानमा मेयरको कार्यभार सम्हाल्नुभएका राई बुधबार सर्दुखोलाको मुहानमा गएर खानेपानी मुहानको मर्मतमा खटिनुभएकाे हाे।
खानेपानी ब्यवस्थापन बोर्डका कर्मचारीसहित पुग्नुभएका मेयर राइले आफैं मर्मत सामाग्रीसमेत बोकेर लग्नुभएकाे थियाे। उहाँले तत्काल खानेपानीको चुहावट रोकि धरानबासिलाई पर्याप्त पानी वितरण गर्न खानेपानी बोर्डका प्रमुख इन्जिनियर राजु पोखरेललाइ निर्देशन दिनुभएकाे छ।
उहाँले सर्दु, खर्दु, तामाखाम खोलाको सबै पानी जम्मागरी धरानका प्रत्येक घरमा पुर्याउन कर्मचारीलाई निर्देशन दिनुभएकाे छ। मेयर राइले आफ्नो पाँच वर्षको कार्यकालमा धरानको खानेपानी समस्या समाधान गर्न नसके धरान छाडेर अन्यत्र जाने बताउनुभएकाे छ।