संघीय संसद सचिवालयले प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक • Nepal's Trusted Digital Newspaperसंघीय संसद सचिवालयले प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • संघीय संसद सचिवालयले प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक

संघीय संसद सचिवालयले प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक

  • समाचारपाटी
  • बिहिबार, जेष्ठ १२, २०७९
संघीय संसद सचिवालयले प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक

काठमान्डौँ ।  संघीय संसद सचिवालयले प्रतिनिधिसभा बैठकको कार्यसूची सार्वजनिक गरेको छ। सचिवालयका महासचिव डा. भरतराज गौतमले सार्वजनिक गरेको सूचीमा सरकारको नीति तथा कार्यक्रममाथि छलफल, संशोधन तथा सम्बोधनको कार्यक्रम राखिएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार सरकारको आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम संसद प्रस्तुत गरिसक्नुभएकाे छ।

प्रधानमन्त्री शेरबहादुर देउवाले ‘सम्माननीय राष्ट्रपति महोदयले २०७९ जेठ १० गते मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सम्बोधनमा उल्लिखित आ.व. २०७९/०८० को नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

त्यसैगरी नीति तथा कार्यक्रममाथि सांसदहरुबाट प्राप्त संशोधनहरु प्रस्तुत हुने र सम्बोधनमाथि छलफल गरिने एजेण्डा कार्यसूचीमा राखिएको छ।

बैठकमा कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सभापति पूर्ण कुमारी सुवेदीले कृषि,सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन, २०७९ पेश गर्ने र महिला तथा सामाजिक समितिका सभापति श्री निरु देवी पालले महिला तथा सामाजिक समितिको वार्षिक प्रतिवेदन, २०७९ पेश गर्ने कार्यसूचीमा उल्लेख छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका