‘तीन दिन दुई रातको हामी क्लोजक्याम्प गर्ने छौं’:-धनराज आचार्य • Nepal's Trusted Digital Newspaper‘तीन दिन दुई रातको हामी क्लोजक्याम्प गर्ने छौं’:-धनराज आचार्य • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘तीन दिन दुई रातको हामी क्लोजक्याम्प गर्ने छौं’:-धनराज आचार्य

‘तीन दिन दुई रातको हामी क्लोजक्याम्प गर्ने छौं’:-धनराज आचार्य

  • समाचारपाटी
  • बिहिबार, जेष्ठ १२, २०७९
‘तीन दिन दुई रातको हामी क्लोजक्याम्प गर्ने छौं’:-धनराज आचार्य

पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख धनराज आचार्यले सपथ ग्रहणपछि पद बहालीसँगै काउन्ट डाउन सुरु हुने बताउनुभएकाे छ। उहाँले आफ्नो काउण्टडाउनसँगै विकास योजनाको लागि क्लोजक्याम्प राख्ने स्पष्ट पार्नुभएकाे छ। ‘तीन दिन दुई रातको हामी क्लोजक्याम्प गर्ने छौं।’

गठबन्धनका साझा उम्मेदवारबाट निर्वाचित हुनुभएका प्रमुख आचार्यले विजय र्‍यालीपछिको सभालाई सम्बोधन गर्ने क्रममा भने, ‘क्लोजक्याम्पमा प्रमुख उपप्रमुख, ३३ वटै वडाका वडाध्यक्ष एवं महानगरभित्रका नौंवटा महाशाखा प्रमुख र प्रमुख प्रशासकीय अधिकृतसहितको टोली रहने छ।’

नवनिर्वाचित प्रमुख आचार्यले भन्नुभयाे, ‘वडाध्यक्ष तथा सदस्यहरु छुट्टै कार्यक्षेत्रबाट आएका हौं। स्वभाव नमिल्न सक्छ।’ उहाँले भन्नुभयाे, ‘महानगरभित्र राजनीतिक र पार्टीको कुरा गर्ने छैनौं।’ उहाँले महानगरभित्र म भन्ने होइन हामी भनेर काम गर्नुपर्नेमा जोड दिनुभएकाे छ । ‘महानगरभित्र कर्मचारीले नेपाली समय भन्दै ढिलो गर्ने गुनासो छ। समय नेपाली र अग्रेजी भन्ने हुदैंन। समयमै आउनुपर्छ काम गर्नुपर्छ।’

‘असारमा बजेट आउँछ। बजेट अनुसार वडामा योजनाको लागि छलफल गर्नुहोस्।’ उहाँले भन्नुभयाे,‘जनप्रतिनिधि भएर आइसकेपछि सुत्ने समय बाहेक अन्य समयमा काम गर्नोस, किनकि तपाईहरु जनप्रतिनिधि हो।’ नवनिर्वाचित वडाध्यक्षहरुले घोषणापत्र अनुसार स्थानीय सुविधाहरु दिन सकिने छ भन्ने मात्रै होइन कार्यान्वयन गर्ने गरी हुनुपर्नेमा जोड दिनुभयाे।

प्रमुख आचार्यले पदभार ग्रहणपछि पहिलो निर्णय नै जन्म, विवाह र मृत्यु दर्ता निशुल्क गर्ने घोषणा गर्नुभयाे। उहाँले पोखरालाई पर्यटकीय राजधानी बनाउने विषयलाई समेत कार्यान्वयनमा लैजाने स्पष्ट पार्नुभएकाे छ। नवनिर्वाचित प्रमुख आचार्यले पोखरालाई चिनाउने सिम्बोल अफ पोखरा बनाउने बताउनुभयाे। ‘दुई लाख नगद पुरस्कार राखेर सिम्बोल अफ पोखरा बनाइने छ।’

उहाँले निर्वाचनकै विषयमा समेत प्रश्न उठाउँदै इतिहासमै धेरै मत बदर भएको उल्लेख गर्दै निर्वाचन आयोगप्रति प्रश्न उठाउनुभयाे। ‘इतिहासमै यतिधेरै मत बदर भएको छ।’ उहाँले भन्नुभयाे, ‘निर्वाचन आयोगको कार्यक्षमता र दक्षतामा प्रश्न उब्जिएको छ।’ चुनाव चिन्ह जिकज्याक हुदाँ धेरै मत बदर भएको जिकिर गर्नुभयाे। एकिकृत समाजवादीका प्रदेश इन्जार्च प्रेमलाल श्रेष्ठ घोषणापत्रको कार्यान्वयन गर्ने तर्फ अग्रसर बन्नुपर्ने बताउनुभयाे।

‘चुनौती छ काम गरेर देखाउनुपर्छ।’ उहाँको भनाइ थियो। कार्यक्रममा नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियार, पूर्व कानून मन्त्री यज्ञबहादुर थापा, राष्ट्रि जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शंकर बराल, नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त बराल लगायतले सम्बोधन गर्नुभएकाे थियाे।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका