सिन्धुपाल्चोकमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु • Nepal's Trusted Digital Newspaperसिन्धुपाल्चोकमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सिन्धुपाल्चोकमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु

सिन्धुपाल्चोकमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु

  • समाचारपाटी
  • बिहिबार, जेष्ठ १२, २०७९
सिन्धुपाल्चोकमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु

सिन्धुपाल्चोक ।  सिन्धुपाल्चोक लामोसाँघु-जिरी सडकखण्डको दुईकिलोमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बुधबार राति खाडीचौर बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित बा २० च ६३२७ नंको एम्बुलेन्स दुर्घटनामा परेको हो । दुर्घटनामा सुनकोसी-७ की ८९ वर्षीया मनमाया खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

एम्बुलेन्स दुर्घटनामा परी सडक छेउको घरमा पसेपछि खड्काको मृत्यु भएको हो । एम्बुलेन्स सडकमा अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका