दैलेख सिस्नेमा भएको बस दुर्घटनामा मृत्यु हुने सबैकाे सनाखत • Nepal's Trusted Digital Newspaperदैलेख सिस्नेमा भएको बस दुर्घटनामा मृत्यु हुने सबैकाे सनाखत • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • दैलेख सिस्नेमा भएको बस दुर्घटनामा मृत्यु हुने सबैकाे सनाखत

दैलेख सिस्नेमा भएको बस दुर्घटनामा मृत्यु हुने सबैकाे सनाखत

  • समाचारपाटी
  • बिहिबार, जेष्ठ १२, २०७९
दैलेख सिस्नेमा भएको बस दुर्घटनामा मृत्यु हुने सबैकाे सनाखत

दैलेख । दैलेखको आठबिस नगरपालिका-२ स्थित सिस्नेमा भएको बस दुर्घटनामा मृत्यु हुनेहरूको सनाखत भएको छ । कालीकोटबाट सुर्खेत हुँदै नेपालगञ्ज जाँदै गरेको म १ ख ६६० नम्बरको बस बुधबार राति दुर्घटना हुँदा चार जनाको मृत्यु भएको थियो ।

मृत्यु हुनेमा दैलेखको दुल्लु नगरपालिका-९ का प्रेम सुनार र काशीराम पाण्डे, कालीकोटको पलता गाउँपालिका-३ का ज्ञानबहादुर बम र धनकला शाही रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख, डीएसपी भुबनेश्वर साहले जानकारी दिनुभयाे ।

बसमा सवार केही व्यक्तिहरू घाइते भएका छन् । उनीहरूको स्थानीय स्वास्थ्य चौकी र कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका