पेट्रोलियम पदार्थकाे मूल्यवृद्धि विरोध गर्दै राप्रपा कास्कीको ज्ञापन पत्र • Nepal's Trusted Digital Newspaperपेट्रोलियम पदार्थकाे मूल्यवृद्धि विरोध गर्दै राप्रपा कास्कीको ज्ञापन पत्र • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पेट्रोलियम पदार्थकाे मूल्यवृद्धि विरोध गर्दै राप्रपा कास्कीको ज्ञापन पत्र

पेट्रोलियम पदार्थकाे मूल्यवृद्धि विरोध गर्दै राप्रपा कास्कीको ज्ञापन पत्र

  • समाचारपाटी
  • बिहिबार, जेष्ठ १२, २०७९
पेट्रोलियम पदार्थकाे मूल्यवृद्धि विरोध गर्दै राप्रपा कास्कीको ज्ञापन पत्र

पोखरा। पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टीले देशव्यापी विरोध प्रदर्शन गरेको छ । पार्टीले देशभरका जिल्ला प्रशासन कार्यालय र मूख्य मन्त्री कार्यालयमार्फत प्रधानमन्त्री कार्यालयसमक्ष ज्ञापन पत्र बुझाउँदै विरोध जनाएको हो ।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी कास्कीले बुधबार जिल्ला प्रशासन कार्यालय कास्कीमा ज्ञापन पत्र बुझाउँदै मूल्यवृद्धिको विरोध जनाएको छ । पार्टीले अत्यावश्यक पेट्रोलियम पदार्थ र खाद्यान्नमा भएको मूल्यवृद्धि तत्काल हटाउनुपर्ने माग राखेको छ ।

बुधबार जिल्ला प्रशासन कार्यालय कास्कीमा राप्रपाका जिल्ला अध्यक्ष नारायण गुरुङको नेतृत्वमा पुगेको टोलीले ज्ञापनपत्र बुझाउँदै सरकारले मुल्यवृद्धि समायोजन नगरे चरणबद्ध रुपमा आन्दोलन गर्ने चेतावनी समेत दिएको छ ।

‘देश यसैपनि चरम आर्थिक संकट तर्फ उन्मुख भएको बेलामा जनताको ढाड सेक्नेगरि सरकारले नै मूल्यवृद्धि गर्नु कदाचित राम्रो काम होईन ।’ अध्यक्ष गुरुङले भन्नुभयाे–‘हामीले तत्काल मूल्यवृद्धि रोक्नका लागि अपील गरेका हौँ । हाम्रो यो शान्तिपुर्ण दबाबलाई सरकारले तत्काल सम्बोधन गरोस् भन्ने हामी चाहन्छौँ ।’

पार्टीले जनताको जीवनस्तर सहज बनाउनका लागि सरकारलाई दबाब दिने र मुल्यवृद्धि फिर्ता गर्न बाध्य बनाउन लागिरहने राप्रपा कास्कीका प्रवक्ता अरुण गिरीले बताउनुभयाे । सरकारले सहि समयमा माग सम्बोधनको प्रयास नगरेमा आन्दोलनले अर्को रुप लिने उहाँले बताउनुभयाे ।

बुधबार जिल्ला प्रशासन कार्यालय कास्कीमा ज्ञापन पत्र बुझाउने कार्यक्रममा पार्टीका गण्डकी प्रदेश अध्यक्ष पञ्चराम गुरुङ, महासचिव बरुण विक्रम राणा, पोखरा महानगरका मेयर उम्मेदवार शंकर खराल, उपमेयर उम्मदेवार रञ्जना सेन पौडेल लगाएतको उपस्थिती रहेको थियो ।

राप्रपा कास्कीले मंगलबार मात्रै पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै पोखरामा राँके जुलुश समेत निकालेको थियो । राँके जुलुश अमरसिंहचोकमा गरिएको प्रवक्ता गिरीले जानकारी दिनुभयाे । यसैबीच विहिबार पनि राप्रपा कास्कीले पोखरामा सडकमा मोटरसाइकल डोर्याएर विरोध प्रदर्शन गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयाे ।

 

ज्ञापन पत्र
श्रीमान सम्माननीय प्रधानमन्त्री ज्यू
प्रधानमन्त्री ज्यूको कार्यालय,

सिंहदरबार काठमान्डाैँ ।

मार्फत
श्रीमान प्रमुख जिल्ला अधिकारी ज्यू
जिल्ला प्रशासन कार्यालय,

कास्की, पोखरा ।

                                                           विषयः ज्ञापन – पत्र पेश गरिएको बारे ।

महोदय,
प्रस्तुत विषयमा राष्ट्रिय प्रजातन्त्र पार्टी यो देशको राष्ट्रवादी एवं प्रजातन्त्रवादी पार्टी भएको व्यवहोरा अवगत नै छ । देशको कहालिलाग्दो अवस्थामा यो देशको जनतामारा सरकारले पेट्रोलिय पदार्थ तथा खाद्यान्न लगाएतमा बढाएको अस्वभाविक मूल्य वृद्धिको कारणबाट जनताहरुले बाँच्नको लागि कष्टकर जीवन बिताउनु परेको यथार्थलाई आत्मसाथ गर्दै यो भ्रष्ट सरकारले बढाएको मुल्य वृद्धि तुरुन्त फिर्ता गरियोस अन्यथा चरणबद्ध आन्दोलन मार्फत मूल्य वृद्धि फिर्ताको लागि बाध्यकारी अवस्था सिर्जना गराउने समेत अनुरोध गर्दै यो ज्ञापन पत्र पेश गरिएको व्यवहोरा अनुरोध गर्दछु ।

 

                                                                                                       नारायण गुरुङ अध्यक्षरा.प्र.पा. जिल्ला कार्यसमिती कास्की ।

                                                                                                                             मिति : २०७९ साल जेष्ठ ११ गते बुधबार ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका