चिल्ड्रेन नेपालको उद्घाेषणकला तालिम सम्पन्न • Nepal's Trusted Digital Newspaperचिल्ड्रेन नेपालको उद्घाेषणकला तालिम सम्पन्न • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • चिल्ड्रेन नेपालको उद्घाेषणकला तालिम सम्पन्न

चिल्ड्रेन नेपालको उद्घाेषणकला तालिम सम्पन्न

  • समाचारपाटी
  • बुधबार, जेष्ठ ११, २०७९
चिल्ड्रेन नेपालको उद्घाेषणकला तालिम सम्पन्न

पोखरा । विगत लामो समय देखि बालबालिकाको क्षेत्रमा काम गर्दै आएको चिल्ड्रेन नेपालको आयोजनामा १ दिने उद्घाेषणकला सम्बन्धी तालिम सम्पन्न भएको छ ।

एस.इ.इ दिएर बसेका किशोर किशोरीको बोल्नेकलाको विकास गर्दै उनिहरुमा आत्माविश्वास जागृत होस भन्ने उद्देश्यले तालिम आयोजना गरिएको चिल्ड्रेन नेपाल अन्तर्गत बालबालिका , युवा तथा परिवार कल्याण शाखा प्रमुख शारदा शार्माले बताउनुभयाे ।

कार्यक्रमका प्रमुख प्रशिक्षक रेडियो सफलताका संयोजक संचारकर्मी मधु अधिकारीले विधार्थीहरुको उज्जवल भविष्यका लागि बोल्नेकला अपरिहार्य रहेको बताउनुभयाे ।

उहाँले सिकेको कुरा व्यवाहारमा उतार्न प्रशिक्षार्थीलाई आग्रह गर्दै पढाई संगै समाजिक कार्यमा अग्रसर भए नेतृत्व तथा बोल्नेकलामा आफै निखार आउदै जाने बताउनुभयाे ।

चिल्ड्रेन नेपालका कार्यकारी निर्देशक डिल्ली शर्माले तालिमले सहभागी किशोर किशोरीको जीवनमा ठूलो अर्थ राख्ने विश्वास व्यक्त गर्नुभयाे । कार्यक्रमको संचालन तालिममा सहभागी प्रशिक्षार्थी कल्पना आसामीले गर्नुभयाे । तालिममा २५ जना छात्र छात्रा सहभागी थिए ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका