काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा ५ जना कोराना संक्रमित थपिएका छन्। आज काेराेना संक्रमणबाट कसैकाे पनि मृत्यु भएकाे छैन् । पछिल्लो २४ घन्टामा १ हजार ८ सय ८९ जनाकाे पिसिआर परीक्षण गर्दा ४ जना र ८ सय २८ जनाकाे एनटिजेन परीक्षण गर्दा १ जना गरी ५ जना नयाँ काेराेना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ जना कोरोना संक्रमण मुक्त भएका छन्। यस्तै हालसम्म देशभर १ सय २८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्।
४७ हजार ९ सय ७९ जनाले काेराेना विरूद्धकाे खाेप लगाएका छन् । २ हजार ७ सय १७ जनाकाे काेराेनाकाे परिक्षण भएकाे छ । देशभर काेराेना संक्रमणबाट मुक्त हुनेकाे संख्या ९ लाँख ६७ हजार ११ रहेकाे छ भने मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ५२ पुगेकाे छ ।