प्रदेश १ र बागमती प्रदेशका केहि स्थानमा चट्याङ्ग हावा हुरी सहित हल्का वर्षाको सम्भावना • Nepal's Trusted Digital Newspaperप्रदेश १ र बागमती प्रदेशका केहि स्थानमा चट्याङ्ग हावा हुरी सहित हल्का वर्षाको सम्भावना • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • प्रदेश १ र बागमती प्रदेशका केहि स्थानमा चट्याङ्ग हावा हुरी सहित हल्का वर्षाको सम्भावना

प्रदेश १ र बागमती प्रदेशका केहि स्थानमा चट्याङ्ग हावा हुरी सहित हल्का वर्षाको सम्भावना

  • समाचारपाटी
  • बिहिबार, जेष्ठ १२, २०७९
प्रदेश १ र बागमती प्रदेशका केहि स्थानमा चट्याङ्ग हावा हुरी सहित हल्का वर्षाको सम्भावना

हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। हाल देशभर आंशिक देखी सामान्य बदली रही कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ र बागमती प्रदेशका केही र अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग र हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीमा भने देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका