'स्थानीय निर्वाचनमा राम्रो सफलता प्राप्त गर्याे, अब आम निर्वाचनको तयारीमा लाग्नुपर्छ':-गगन थापा • Nepal's Trusted Digital Newspaper'स्थानीय निर्वाचनमा राम्रो सफलता प्राप्त गर्याे, अब आम निर्वाचनको तयारीमा लाग्नुपर्छ':-गगन थापा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ‘स्थानीय निर्वाचनमा राम्रो सफलता प्राप्त गर्याे, अब आम निर्वाचनको तयारीमा लाग्नुपर्छ’:-गगन थापा

‘स्थानीय निर्वाचनमा राम्रो सफलता प्राप्त गर्याे, अब आम निर्वाचनको तयारीमा लाग्नुपर्छ’:-गगन थापा

  • समाचारपाटी
  • बुधबार, जेष्ठ ११, २०७९
‘स्थानीय निर्वाचनमा राम्रो सफलता प्राप्त गर्याे, अब आम निर्वाचनको तयारीमा लाग्नुपर्छ’:-गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब पार्टी आमनिर्वाचनको तयारीमा लाग्नुपर्ने बताउनुभएकाे छ। बुधबार स्थानीय तहमा कांग्रेसका तर्फबाट विजयी जनप्रतिनिधिहरुलाई सम्मान गर्न कांग्रेस भक्तपुरले आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले कांग्रेसले स्थानीय निर्वाचनमा राम्रो सफलता प्राप्त गरेको भन्दै अब आम निर्वाचनको तयारीमा लाग्नुपर्ने बताउनुभएकाे छ।

‘पार्टीले स्थानीय तह निर्वाचनमा राम्रो सफलता प्राप्त गरेको छ। अब आम निर्वाचनको तयारीमा लाग्नुपर्छ,’ उहाँले भन्नुभयाे। उहाँले कांग्रेसको लोकप्रियता बढेको पुष्टि स्थानीय निर्वाचनले गरेको दावी गर्नुभयाे। यसपटकको स्थानीय निर्वाचन आम निर्वाचनको झल्को दिने खालको भएको उहाँको भनाइ थियो। यसअघि एमालेले जिम्मेवारी पाउँदा पनि काम गर्न नसकेकोले अहिलेको परिणाम आएको महामन्त्री गगन थापाको भनाइ छ ।

महामन्त्री थापाले अब मुलुकमा नयाँ अध्याय सुरु भइसकेको भन्दै कसैको आलोचना नगरी अघि बढ्नुपर्ने बताउनुभयाे। उहाँले अबको निर्वाचनमा उम्मेदवार चयनमा पार्टीले विशेष ध्यान दिने बताउनुभयाे।

थापाले स्थानीय तहमा पार्टीले घोषणा गरेका कार्यक्रमलाई कार्यान्वयन गर्न जनप्रतिनिधिहरु गम्भीरतापूर्वक लाग्नुपर्नेमा जोड दिनुभयाे।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका