करणी अभियोगमा कोहलपुरको हिरासतमा रहेका व्यक्तिकाे झुण्डिएको अवस्थामा शव फेला • Nepal's Trusted Digital Newspaperकरणी अभियोगमा कोहलपुरको हिरासतमा रहेका व्यक्तिकाे झुण्डिएको अवस्थामा शव फेला • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • करणी अभियोगमा कोहलपुरको हिरासतमा रहेका व्यक्तिकाे झुण्डिएको अवस्थामा शव फेला

करणी अभियोगमा कोहलपुरको हिरासतमा रहेका व्यक्तिकाे झुण्डिएको अवस्थामा शव फेला

  • समाचारपाटी
  • बुधबार, जेष्ठ ११, २०७९
करणी अभियोगमा कोहलपुरको हिरासतमा रहेका व्यक्तिकाे झुण्डिएको अवस्थामा शव फेला

नेपालगञ्ज । बाँकेमा प्रहरी हिरासतमा एक जनाको मृत्यु भएको छ । एक साताको अन्तरमा फेरि अर्का एक जना थुनुवाको हिरासतमा मृत्यु भएको हो ।

कोहलपुर नगरपालिका-१२ का ४६ वर्षीय कृष्णलाल कुँवरको इलाका प्रहरी कार्यालयको हिरासत कक्ष परिसरको ट्वाइलेटमा झुण्डिएको अवस्थामा शव फेला परेको छ । हिरासत कक्षबाट ट्वाइलेट गएका कुँवरले ट्वाइलेटको भेन्टिलेलेटरमा टि-सर्टको पासो घाँटीमा लगाएर मृत्युवरण गरेको प्रहरी रिर्पोटमा उल्लेख छ ।

कुवँरलाई वैशाख १९ गते जबरजस्ती करणीको अभियोगमा पक्राउ गरी म्याद थप गरेर आवश्यक अनुसन्धानका लागि कोहलपुर इलाका प्रहरी कार्यालयले हिरासतमा राखेको थियो । मृत्यु भएका व्यक्तिमा पत्थरीको समस्या भएकोले औषधि सेवन गर्ने गरेको पारिवारिक स्रोतले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक मधुसुदन न्यौपानेले घट्नालगत्तै मानव अधिकारकर्मी, जनप्रतिनिधि बसेर मुचुल्का उठाई पोष्टमार्टका लागि शव भेरी अस्पताल पठाइएको जानकारी दिनुभएकाे छ ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका