डब्ल्यूएचओ को महानिर्देशकमा पुन: डाक्टर अधानोम गेब्रेयसस नियुक्त • Nepal's Trusted Digital Newspaperडब्ल्यूएचओ को महानिर्देशकमा पुन: डाक्टर अधानोम गेब्रेयसस नियुक्त • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • डब्ल्यूएचओ को महानिर्देशकमा पुन: डाक्टर अधानोम गेब्रेयसस नियुक्त

डब्ल्यूएचओ को महानिर्देशकमा पुन: डाक्टर अधानोम गेब्रेयसस नियुक्त

  • समाचारपाटी
  • बुधबार, जेष्ठ ११, २०७९
डब्ल्यूएचओ को महानिर्देशकमा पुन: डाक्टर अधानोम गेब्रेयसस नियुक्त

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)को महानिर्देशकमा पुन: डाक्टर ट्रेडोस अधानोम गेब्रेयसस नियुक्त हुनुभएकाे छ । उहाँलाई डब्ल्यूएचओका सदस्य राष्ट्रहरूले आगामी पाँच वर्षे कार्यकालका लागि पुन: महानिर्देशकमा निर्वाचित गरेका हुन् ।

गेब्रेयसस पहिलो पटक २०१७ मा निर्वाचित हुनुभएकाे थियाे । पहिलो कार्यकाल सकिएपछि जेनेभामा भएको ७५औं विश्व स्वास्थ्य सम्मेलनबाट उहाँ पुन: अर्को कार्यकालका लागि निर्वाचित हुनुभएकाे हाे । गेब्रेयसस एक्लो उम्मेदवार हुनुहुन्थ्याे ।

‘डब्लुएचओका महानिर्देशकको रूपमा दोस्रो कार्यकालको लागि सदस्य राष्ट्रहरूले प्रदान गरेको अवसरबाट म आभारी छु’ निर्वाचित भएपछि उहाँले भन्नुभएकाे छ, ‘यद्यपि यो सम्मान ठूलो जिम्मेवारीका साथ आउँछ र म सबै देशहरू, विश्वभरका मेरा सहकर्मीहरू र हाम्रा मूल्यवान साझेदारहरूसँग काम गर्न प्रतिबद्ध छु ।

स्वास्थ्य प्रवर्द्धन गर्ने, विश्वलाई सुरक्षित राख्ने र जोखिममा परेकाहरूलाई सेवा गर्ने आफ्नो मिसनलाई विश्व स्वास्थ्य संगठनले पूरा गरेको उहाँको भनाइ छ । महानिर्देशक डा. टेड्रोसको नयाँ कार्यकाल भने आधिकारिक रूपमा १६ अगस्ट देखि सुरु हुने डब्ल्यूएचले जनाएको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका