उच्च पहाडी भू-भागका केहि स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना • Nepal's Trusted Digital Newspaperउच्च पहाडी भू-भागका केहि स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • उच्च पहाडी भू-भागका केहि स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

उच्च पहाडी भू-भागका केहि स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

  • समाचारपाटी
  • बुधबार, जेष्ठ ११, २०७९
उच्च पहाडी भू-भागका केहि स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ।
हाल सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्य देखि पुर्ण बदली रही देशका अन्य भू-भागमा आंशिक देखि सामान्यता सफा रहेको छ ।

साथै सुदुरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका थोरै र बाकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन / चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।

जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो  देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश १ र बागमती प्रदेशका केही र अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग र हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीमा भने देशका उच्च पहाडी भू-भागका केही स्थानहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का उच्च पहाडी भू-भागका एक-दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका