काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा १६ जना कोराना संक्रमित थपिएका छन्। आज काेराेना संक्रमणबाट कसैकाे पनि मृत्यु भएकाे छैन् । पछिल्लो २४ घन्टामा १ हजार ९ सय ९८ जनाकाे पिसिआर परीक्षण गर्दा ११ जना र ९ सय २२ जनाकाे एनटिजेन परीक्षण गर्दा ५ जना गरी १६ जना नयाँ काेराेना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घन्टामा २ हजार ९ सय २० जनामा कोरोना परिक्षण भएकाे छ भने ११ जना कोरोना संक्रमण मुक्त भएका छन्।
हालसम्म देशभर १ सय ३३ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। देशभर काेराेना संक्रमणबाट मुक्त हुनेकाे संख्या ९ लाँख ६७ हजार २ रहेकाे छ भने मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ५२ पुगेकाे छ ।