इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता लिन विद्यार्थी संगठनकाे माग • Nepal's Trusted Digital Newspaperइन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता लिन विद्यार्थी संगठनकाे माग • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता लिन विद्यार्थी संगठनकाे माग

इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता लिन विद्यार्थी संगठनकाे माग

  • समाचारपाटी
  • मङ्लबार, जेष्ठ १०, २०७९
इन्धनमा गरिएको मूल्यवृद्धि फिर्ता लिन  विद्यार्थी संगठनकाे माग
photosource:-onlinekhabar

काठमाडौं । १५ विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि फिर्ता गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

उद्योग,वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुलाई मन्त्रालयमा भेटेर विद्यार्थी संगठनले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता गर्न माग गरेका हुन् ।

एलपी ग्यास र मट्टितेलमा विद्यार्थीहरुलाई सहुलियतमा उपलब्ध गराउन विद्यार्थी संगठनले माग गरेका छन् । पेट्रोलियम पदार्थमा लगाइएको करको पुर्नविचार, वैकल्पिक उर्जाको खोज अनुसन्धान तथा इन्धनमा भारतको एकाधिकार हटाउन माग गरिएको छ ।

विद्यार्थी संगठनको माग प्रति उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री बडु सकरात्मक रहेको नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले बताउनुभयाे । ‘फिर्ता नै गर्ने प्रतिवद्धता त गर्नुभएन । अब बढ्न नदिने बचन दिनुभएको छ ।’ शेर्पाले भन्नुभयाे ।

सरकारले  बैशाख ३१ र जेठ ८ मा गरि छोटो समयमा इन्धनमा अत्यधिक मूल्यवृद्धि गरेको थियो ।

Student Unions demand petroliod

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका