मुल्यवृद्धिको विरोधमा मुख्यमन्त्री कार्यालय अगाडि खाली सिलिन्डर राखेर प्रदर्शन • Nepal's Trusted Digital Newspaperमुल्यवृद्धिको विरोधमा मुख्यमन्त्री कार्यालय अगाडि खाली सिलिन्डर राखेर प्रदर्शन • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • मुल्यवृद्धिको विरोधमा मुख्यमन्त्री कार्यालय अगाडि खाली सिलिन्डर राखेर प्रदर्शन

मुल्यवृद्धिको विरोधमा मुख्यमन्त्री कार्यालय अगाडि खाली सिलिन्डर राखेर प्रदर्शन

  • समाचारपाटी
  • मङ्लबार, जेष्ठ १०, २०७९
मुल्यवृद्धिको विरोधमा मुख्यमन्त्री कार्यालय अगाडि खाली सिलिन्डर राखेर प्रदर्शन
photo source:-onlinekhabar

विराटनगर । इन्धनको मुल्यवृद्धिको विरोधमा प्रदेश- १ को मुख्यमन्त्री कार्यालय अगाडि उपभोक्ताले खाली सिलिन्डर राखेर प्रदर्शन गरेका छन् ।

खाना पकाउने ग्यासमा सिलिन्डर २ सय रुपैयाँ, पेट्रोलिय पदार्थमा प्रतिलिटर १० रुपैयाँ वृद्धि भएको थियो । मुल्य वृद्धिको विरोधमा मंगलबार विराटनगरस्थित मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन् ।

मनलाग्दी भएको मुल्य वृद्धिले सर्वसाधारणलाई सास्ती भएपछि प्रदर्शनमा उत्रिएको उपभोक्तावादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले बताउनुभएकाे छ ।

प्रदर्शनका क्रममा स्थानीयले मुल्यवृद्धि तत्काल फिर्ता गर्न पनि माग गरेका छन् ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका