पोखरा महानगरपालिका वडा १८ र ३१ मा पुनः मत गणना गर्न एमालेकाे माग • Nepal's Trusted Digital Newspaperपोखरा महानगरपालिका वडा १८ र ३१ मा पुनः मत गणना गर्न एमालेकाे माग • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पोखरा महानगरपालिका वडा १८ र ३१ मा पुनः मत गणना गर्न एमालेकाे माग

पोखरा महानगरपालिका वडा १८ र ३१ मा पुनः मत गणना गर्न एमालेकाे माग

  • समाचारपाटी
  • मङ्लबार, जेष्ठ १०, २०७९
पोखरा महानगरपालिका वडा १८ र ३१ मा पुनः मत गणना गर्न एमालेकाे माग

पोखरा । नेकपा एमालेले पोखरा महानगरपालिका वडा नम्बर १८ र ३१ मा पुनः मत गणना गर्न माग गरेको छ । वडा नम्बर १८ मा ९ मत र ३१ मा ३ मत कम भएको भन्दै एमालेले पुनः मत गणना गर्न मुख्य निर्वाचन अधिकृत कार्यालयमा निवेदन दिएको हो ।

प्रदेश कमिटी अध्यक्ष नवराज शर्माको हस्ताक्षरमा पुनः मतगणनाका लागि निवेदन दिइएको नेकपा एमाले महानगर कमिटी अध्यक्ष दिलिप न्यौपानेले जानकारी दिनुभयाे ।

वडा नम्बर १८ को नतिजा आज र ३१ नम्बर वडाको नतिजा सोमबार आएको थियो । दुवै वडामा नेकपा एमालेका उम्मेदवार पराजित भएका छन् ।

वडा नम्बर ३१ मा १ सय ६१ मत अन्तरले नेपाली कांग्रेसका ढकनाथ कँडेल र वडा नम्बर १८ मा ३ मत अन्तरले नेपाली कांग्रेसकै शिवप्रसाद तिमिल्सिना निर्वाचित हुनुभएकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका