धरानका नवनिर्वाचित मेयर राईले कार्यभार समाल्दै भ्रष्टाचार नियन्त्रण गर्ने गर्नुभयाे प्रतिबद्धता • Nepal's Trusted Digital Newspaperधरानका नवनिर्वाचित मेयर राईले कार्यभार समाल्दै भ्रष्टाचार नियन्त्रण गर्ने गर्नुभयाे प्रतिबद्धता • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • धरानका नवनिर्वाचित मेयर राईले कार्यभार समाल्दै भ्रष्टाचार नियन्त्रण गर्ने गर्नुभयाे प्रतिबद्धता

धरानका नवनिर्वाचित मेयर राईले कार्यभार समाल्दै भ्रष्टाचार नियन्त्रण गर्ने गर्नुभयाे प्रतिबद्धता

  • समाचारपाटी
  • मङ्लबार, जेष्ठ १०, २०७९
धरानका नवनिर्वाचित मेयर राईले कार्यभार समाल्दै भ्रष्टाचार नियन्त्रण गर्ने गर्नुभयाे प्रतिबद्धता

धरान । धरान उपमहानगरपालिकाका नवनिर्वाचित मेयर हर्कराज राई ( हर्क सम्पाङ) ले मंगलबार कार्यभार सम्हाल्नुभएकाे छ। आफ्ना समर्थकहरुको साथमा उपमहानगरपालिका प्रवेश गर्नुभएका राईलाई कर्मचारीले स्वागत गरेका थिए ।

मेयर राइलाई उपमेयर अइन्द्रबिक्रम बेघा लगायतले स्वागत गर्नुभएकाे हाे । कार्यभार सम्हाल्दै राइले आफ्नो पहिलो प्राथामिकता धरान नगरपालिकामा हुने भ्रष्टाचार नियन्त्रण र धरानको दीर्घकालिन समस्याका रुपमा रहेको खानेपानी समस्या समाधान गर्ने प्रतिबद्धता जनाउनुभयाे।

उहाँले चुनाव अगाडि गरेका सबै बाचा आफूले पूरा गर्ने बताउनुभयाे। राईले धरानको विकास र समृद्धि सबै मिलेर मात्र सम्भव हुने भन्दै आफ्नो कार्यकालमा सहयोग गर्न अनुरोध गर्नुभयाे।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका