सुन चाँदीकाे मूल्य तीन दिन देखि स्थिर • Nepal's Trusted Digital Newspaperसुन चाँदीकाे मूल्य तीन दिन देखि स्थिर • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सुन चाँदीकाे मूल्य तीन दिन देखि स्थिर

सुन चाँदीकाे मूल्य तीन दिन देखि स्थिर

  • समाचारपाटी
  • मङ्लबार, जेष्ठ १०, २०७९
सुन चाँदीकाे मूल्य तीन दिन देखि स्थिर

काठमाडौं। सुनको मूल्य तीन दिन देखि स्थिर  छ । गत शुक्रबार तोलामा ७ सय रुपैयाँले बढेपछि त्यसयता सुनको मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

अहिले छापावाल सुनको मूल्य तोलामा ९८ हजार रुपैयाँ छ । यस्तै तेजावी सुनको मूल्य ९७ हजार ५ सय रुपैयाँ र चाँदीको मूल्य १२ सय ७० रुपैयाँमा स्थिर छ ।

चाँदीको मूल्य गत बिहीबार यता बढेकै छैन भने सुनको मूल्य शुक्रबार केही मात्रै बढेको थियो । सुनको मूल्य स्थिर रहनुका कारण अन्तराष्ट्रिय बजार नै प्रमुख कारण भएको नेपाल सुन चाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले बताउनुभयाे ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका