भरतपुरकाे दोस्रो कार्यकालका लागि मेयर पदमा रेनु दाहाल विजयी • Nepal's Trusted Digital Newspaperभरतपुरकाे दोस्रो कार्यकालका लागि मेयर पदमा रेनु दाहाल विजयी • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • भरतपुरकाे दोस्रो कार्यकालका लागि मेयर पदमा रेनु दाहाल विजयी

भरतपुरकाे दोस्रो कार्यकालका लागि मेयर पदमा रेनु दाहाल विजयी

  • समाचारपाटी
  • मङ्लबार, जेष्ठ १०, २०७९
भरतपुरकाे दोस्रो कार्यकालका लागि मेयर पदमा रेनु दाहाल विजयी

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहाल विजयी हुनुभएकाे छ । उहाँ ५२ हजार ३० मतसहित दोस्रो कार्यकालका लागि मेयर पदमा विजयी हुनुभएकाे हाे ।

माओवादी केन्द्रकी केन्द्रीय सदस्य दाहाल २०७४ को स्थानीय तह निर्वाचनमा नेकपा एमालेका उम्मेदवार देवी ज्ञवालीलाई हराउँदै मेयर चुनिनुभएकाे थियाे । यसपटक पनि उहाँले एमाले उम्मेदवार विजय सुवेदीलाई १२ हजार ४ सय ४९ मतले पछि पार्नुभएकाे हाे । सुवेदीले ३९ हजार ५ सय ८१ मत पाउनुभएकाे छ ।

यसैगरी नेपाली कांग्रेसका वागी उम्मेदवार जगन्नाथ पौडेलले १४ हजार ७ सय २८ मत पाउनुभएकाे छ । उपमेयर पदमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी ५२ हजार ८ सय ३ मतसहित विजयी हुनुभएकाे छ । उहाँले राप्रपाकी उम्मेदवार हिमला गुरुङलाई २२ हजार १ सय ९१ मत अन्तरले हराउनुभएकाे छ । हिमलाको पक्षमा ३० हजार ६ सय १२ मत परेको छ ।

भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनका दलहरुले तालमेल गरेपछि नेकपा एमाले र राप्रपाले पनि तालमेल गरेर प्रतिस्पर्धा गरेका थिए ।

नेपाली कांग्रेसले भरतपुर महानगरका  वडा नम्बर १, २, ४, ५, ६, ८, १०, १४, १५, १६, १७, २०, २१, २३, २७ र २९  गरी १६ वटा वडा जितेको छ ।  ३, ११, १२, १८, १९ र २८ गरी ६ वटा वडा नेकपा एमालेले जितेको छ ।

१३, २४ र २६ नम्बर वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी हुँदा एकीकृत समाजवादीले ७, ९ र २२ नम्बर वडाको नेतृत्व जितेको छ । स्वतन्त्र उम्मेदवार २५ नम्बर वडामा विजयी भएका छन् ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका