पाेखरा । पोखरा महानगरपालिकाबाट लागूऔषधसहित ३ जना व्यक्ति पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय कास्की शिसुवाबाट खटिएको प्रहरी टोलीले आइतबार दिउसाे जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं २६ जरुवा स्थित चेक जाँच गर्ने क्रममा शंकास्पद अवस्थामा हिँडिरहेका व्यक्तिहरूलाइ प्रहरी टोलीले लागूऔषधसहित पक्राउ गरेकाे हाे ।
पोखरा महानगरपालिका वडा नं २६ जरुवा बस्ने वर्ष ३० को किशोर परियार, जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं ३१ लामास्वारा बस्ने वर्ष ३१ को बिक्की भन्ने विकास गुरुङ र जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं २६ जरुवा बस्ने वर्ष ३४ को ज्ञान बहादुर पुनको साथबाट लागूऔषध डाईजापाम ३० एम्पुल, फेनेरागन ३० एम्पुल, नुर्फिन–३० एम्पुल गरी जम्मा ९० एम्पुल र नाईट्रोभ्याट १५ ट्याबलेट लागू औषध र ३ थान मोबाईल सहित फेला परेको हाे ।
औषध सहित पक्राउ परेका व्यक्तिलाइ कास्की जिल्ला अदालतबाट लागू औषध सम्बन्धी मुद्दामा दर्ता गरी दिन सात म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाइएको छ ।