काठमान्डाैँ । लोकप्रिय पुराना गायक तथा सर्जक हिमाल घलेको पछिल्लो प्रस्तुति भर्खरै बजारमा आएको छ । उक्त गीत ”कदमैको छायाँ बोलको रहेको छ । शुष्मा म्युजिक प्रालिको ब्यानरमा तयार भएको यस गीतमा हिमाल घले र समिक्षा अधिकारीको सुमधुर स्वर सुन्न सकिन्छ ।
गायिका समिक्षाको यतिबेला छुट्टै चर्चा रहेको छ । उहाँद्वारा स्वर बद्ध गीतहरु अहिले पनि बजारमा आइरहेका छन् । तर यी गीतहरु पहिले रेकर्ड भएका हुन् अथवा भर्खरै रेकर्ड भएका हुन् त्यो भने एकिन गर्न सकिएको छैन । यद्धपि यो गीत पछिल्लो समय सार्बजनिक भएकोले उहाँ पुनः यस क्षेत्रमा सक्रिय देखिन थाल्नुभएकाे हाे कि भन्ने अनुमान भने गर्न सकिन्छ ।
प्रस्तुत गीतमा हिमाल घलेको मौलिक लय तथा रमेश बि जी को शब्द रहेको छ । हिमालका यस भन्दा अगाडी पनि थुप्रै सिर्जनाहरु बजारमा आइसकेका छन् । उहाँले आफ्ना सृजनाहरु बाट मौलिकताको स्वाद नै प्रस्तुत गर्ने गर्नुभएकाे छ । व्यवसायिकताको नाममा मौलिकता कहिले नभुल्ने भएको हुँदा नै हिमाललाई नेपाली लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा सदाबहार कलाकारको रुपमा चिन्न सकिन्छ ।
”कदमैको छायाँ” बोलको गीतको म्युजिक भिडियो पनि निकै आकर्षक बनेको छ । भिडियोमा सुधिर श्रेष्ठ र अश्विनी शाहीको अभिनय देख्न सकिन्छ । यस गीतको म्युजिक भिडियोलाई निर्देशन प्रकाश भट्टले गर्नुभएकाे हाे भने छायांकन नवराज उप्रेती र सम्पादन बिष्णु शर्माले गर्नुभ काे छ ।
गीतलाई हिमाल घले युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको छ ।
