अभिनेता जोशीसहित सात नेपालीले पूरा गरे लण्डन टु पेरिस साइकल यात्रा • Nepal's Trusted Digital Newspaperअभिनेता जोशीसहित सात नेपालीले पूरा गरे लण्डन टु पेरिस साइकल यात्रा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • अभिनेता जोशीसहित सात नेपालीले पूरा गरे लण्डन टु पेरिस साइकल यात्रा

अभिनेता जोशीसहित सात नेपालीले पूरा गरे लण्डन टु पेरिस साइकल यात्रा

  • समाचारपाटी
  • मङ्लबार, जेष्ठ १०, २०७९
अभिनेता जोशीसहित सात नेपालीले पूरा गरे लण्डन टु पेरिस साइकल यात्रा

काठमान्डौँ । अभिनेता,निर्माता बिक्रम डि जोशीले २४० माइल (करिब ३८७ किमी) लामो दुरी साइकलबाटै पूरा गर्नुभएकाे छ । लामो समयदेखि बेलायत बस्दै आउनुभएका जोशीले हेल्प नेपाल नेटवर्कले धुलीखेलमा संचालन गरेको चिल्ड्रेन्स् होम नामक अनाथालयलाई आर्थिक सहयोग जुटाउने उद्धेश्यले ६ जना साथीहरुका साथमा गत शुक्रबार बिहान लण्डन ब्रिजबाट ‘लण्डन टु पेरिस च्यारिटी राइड’ सुरु गर्नुभएकाे थियाे ।

उहाँहरुले आइतबार यात्रा पूरा गर्नुभएकाे हाे । साइकल यात्रा टिममा जोशीसहित शुलभ पन्त, सुशील प्रसाईं, मनोज श्रेष्ठ, प्रसिद्ध प्रधान, सुनील कार्की र लक्ष्मण गुरुङ हुनुहुन्छ । यात्रा सुरु गरेको दिन (२० मे) मा बाटोमा भारी बर्षाको सामना गर्नु परेको अभिनेता जोशीले बताउनुभयाे ।

‘पहिलो दिन बाटोमा वर्षा तथा हावाहुरीले निकै अबरोध गर्यो,’ उहाँले भन्नुभयाे,‘तर पनि त्यो दिन करिब ८ घण्टा साइकिलिङ गर्यौं ।’ दोश्रो दिन भने निरन्तर १० घण्टा साइकल चलाएको उहाँले सुनाउनुभयाे । तेश्रो दिन अर्थात् २२ मेमा भने उहाँलाई केही समय साइकलले धोका दिएछ ।

‘मेरो साइकल बिग्रीयो तर पनि प्रसिद्ध प्रधानजीले ठिक गर्नु भयो । हामी निर्धारित समयमै यात्रा पूरा गर्न सफल भयौ ।’ पेरिसबाट उहाँले भन्नुभयाे । पाइडल घुमाउदै लण्डन ब्रिजबाट पेरिसको इफेल टावर पुगेको सो टोलीले लक्षित भन्दा धेरै सहयोग रकम जुटाएको छ । ‘हामीले कम्तीमा ५ हजार पाउन्ड संकलन गर्ने टार्गेट गरेका थियौं । तर हामीलाई ६ हजार पाउन्ड सहयोग जुटेको छ,’ जोशीले भन्नुभयाे, ‘हाम्रो यात्राको
उद्धेश्य थाह पाएपछि मान्छेहरु स्वस्र्फुत रुपमा सहयोग गर्न तयार भए । हामीलाई त्यसअबधिमा ११० जनाले रकम सहयोग गरेका छन् ।’

’उलवीच अर्सेनल राइडर्स क्लव (डब्लुएआरसी) र नेपाल युथ एसोसिएसन युकेले आयोजना गरेको साइकल यात्रा अभियान सुरु भएदेखि बिभिन्न देशबाट ९८ जनाले करिब ३ हजार पाउण्ड सहयोग गरिसकेका थिए भने अहिले त्यसमा ६ हजार पाउण्ड थपीएको छ । जस्ट गिभिङ डटकम (-justgiving.com) नामक अनलाइनमार्फत रकम सहयोग गर्न सक्ने ब्यवस्था मिलाइएको यात्राको सम्पूर्ण खर्च यात्री स्वयम्ले बेहोरेका थिए ।

आफुहरुले संकलन गरेको रकम छिट्टै नै चिल्ड्रेन्स् होमलाई हस्तान्तरण गरिने जानकारी उहाँले दिनुभएकाे छ । सन् २०१४ देखि संचालीत उक्त अनाथालयमा हाल २३ बालिका आश्रीत छन् ।
bikram d joshi in paris bikramm D Joshi

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका