तनहुँ व्यास नगरपालिकामा नेपाली कांग्रेस विजयी • Nepal's Trusted Digital Newspaperतनहुँ व्यास नगरपालिकामा नेपाली कांग्रेस विजयी • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • तनहुँ व्यास नगरपालिकामा नेपाली कांग्रेस विजयी

तनहुँ व्यास नगरपालिकामा नेपाली कांग्रेस विजयी

  • समाचारपाटी
  • सोमवार, जेष्ठ ९, २०७९
तनहुँ व्यास नगरपालिकामा नेपाली कांग्रेस विजयी

तनहुँ । तनहुँको व्यास नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा वैकुण्ठ न्यौपाने र उपमेयरमा इन्दिरा दरै विजयी भएका हुनुभएकाे हाे ।

मेयरमा विजयी न्यौपानेले १२ हजार ७८ मत प्राप्त गर्नुभएकाे छ भने उहाँका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार दीपकराज जोशीले ११ हजार ८ सय २६ मत प्राप्त गर्नुभयाे ।

रोचक बनेको व्यास नगरपालिकाको चुनावमा एमालेको समर्थन पाउनुभएका दीपकराजको पक्षमा करिब एक हजार मत भने बदर हुन पुग्यो । तनहुँ सदरमुकाम समेत रहेको दमौली बजार क्षेत्रमा पर्ने वडा नम्बर १, २, ३, ४, ५ मा दीपकराज धेरै मतान्तरले अगाडि हुनुहुन्थ्याे । तर वडा नम्बर ६, ७, ८ को गणना गर्दा न्यौपानेले मतान्तर घटाउँदै लग्नुभयाे र वडा नम्बर १० को गणना गर्न थालेपछि वैकुण्ठले दीपकराजकाे भन्दा धेरै मत प्राप्त गर्नुभएकाे हाे ।

यता उपप्रमुखमा कांग्रेसकै इन्दिरा दरैले १३ हजार ४ सय ९८ मत प्राप्त गरी विजयी हुनुभएकाे छ । उहाँको निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी वसुन्धरा घर्तीले १० हजार ४२ मत प्राप्त गर्नुभएकाे छ ।

व्यासको मेयरमा वैकुण्ठले दोस्रो पटक जित हासिल गर्नुभएकाे हाे । अघिल्लो निर्वाचनमा उहाँले नेकपा एमालेका उम्मेदवार शंकरनारायण श्रेष्ठलाई ३ हजार ४६४ मत अन्तरले पराजित गर्नुभएकाे थियाे । न्यौपानेले १३ हजार ४ सय ६४ मत प्राप्त गर्दा श्रेष्ठले ९ हजार ५९२ मत पाउनुभएकाे थियाे ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका