काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा ६ जना कोराना संक्रमित थपिएका छन्। आज काेराेना संक्रमणबाट कसैकाे पनि मृत्यु भएकाे छैन् । पछिल्लो २४ घन्टामा १ हजार ६ सय ९६ जनाकाे पिसिआर परीक्षण गर्दा ६ जना र ५ सय ३० जनाकाे एनटिजेन परीक्षण गर्दा ० जना गरी ६ जना नयाँ काेराेना संक्रमित थपिएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घन्टामा २ हजार २ सय २६ जनामा कोरोना परिक्षण भएकाे छ भने १३ जना कोरोना संक्रमण मुक्त भएका छन्।
हालसम्म देशभर १ सय ४१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। देशभर काेराेना संक्रमणबाट मुक्त हुनेकाे संख्या ९ लाँख ६६ हजार ९ सय ७५ रहेकाे छ भने मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ५२ पुगेकाे छ ।