देशका केही स्थानमा चट्याङ्ग र हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना • Nepal's Trusted Digital Newspaperदेशका केही स्थानमा चट्याङ्ग र हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • देशका केही स्थानमा चट्याङ्ग र हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

देशका केही स्थानमा चट्याङ्ग र हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

  • समाचारपाटी
  • सोमवार, जेष्ठ ९, २०७९
देशका केही स्थानमा चट्याङ्ग र हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना

हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, बिहार, पश्चिम बंगाल आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। हाल देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। देशका केही स्थानहरुमा र मेघ गर्जन र चट्याङ्ग र हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीमा भने देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग हावा हुरी सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ। साथै अन्य प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका