समाजसेवी तथा युवा नेता काफ्ले रम्भा १ काे वडा अध्यक्षमा विजयी • Nepal's Trusted Digital Newspaperसमाजसेवी तथा युवा नेता काफ्ले रम्भा १ काे वडा अध्यक्षमा विजयी • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • समाजसेवी तथा युवा नेता काफ्ले रम्भा १ काे वडा अध्यक्षमा विजयी

समाजसेवी तथा युवा नेता काफ्ले रम्भा १ काे वडा अध्यक्षमा विजयी

  • समाचारपाटी
  • आइतवार, जेष्ठ ८, २०७९
समाजसेवी तथा युवा नेता काफ्ले रम्भा १ काे  वडा अध्यक्षमा विजयी

पाल्पा । पाल्पाको रम्भा गाउँपालिका वडा नं. १ हुगीको वडा अध्यक्षमा समाजसेवी तथा युवा नेता इश्वर काफ्ले विजयी हुनुभएको छ । बैशाख ३० गते सम्पन्न भएको स्थानिय तहको निर्वाचनमा गठबन्धन तर्फको उम्मेदवार रहनुभएका नेपाली काङ्ग्रेसका युवा नेता इश्वर काफ्ले विजयी हुनुभएको हो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार मान बहादुर मश्राङ्गीलाई २ सय २९ मत अन्तरले हराउँदै काफ्ले बिजय हुनुभएको हो । त्यस्तै नेपाली काङग्रेसका तर्फबाट वडा सदस्य पदमा खेमानन्द अधिकारी डिल्लीराम अर्याल निर्वाचित हुनुभएको छ, भने महिला सदस्य तथा दलित सदस्यमा नेकपा एमालेबाट निर्वाचित हुनुभएको छ ।

रम्भा गाउपालीकाका अन्य वडाको मतगणना जारी रहेको छ । १७ बर्ष प्रदेशमा रहेर संघर्ष गर्नुभएका काफ्ले आफ्नो कमाईको केही प्रतीशत रकमले बिपन्ता, असहाय, तथा दुखी पिडितलाई सहयोग गर्दै आउनुभएको थियो ।

रम्भा बासीको मन मुटुमा बस्न सफल हुनुभएका काफ्लेले करीब ३ दशक पछी रम्भा गाउँपालिका वडा नं. १ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को गण भत्काउदै नेपाली काङग्रको चार तारे झण्डा फरफराउन् सफल हुनुभएको हो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका