सिरहामा बाबु छोराको धारिलो हतियार प्रहार गरी हत्या • Nepal's Trusted Digital Newspaperसिरहामा बाबु छोराको धारिलो हतियार प्रहार गरी हत्या • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सिरहामा बाबु छोराको धारिलो हतियार प्रहार गरी हत्या

सिरहामा बाबु छोराको धारिलो हतियार प्रहार गरी हत्या

  • समाचारपाटी
  • आइतवार, जेष्ठ ८, २०७९
सिरहामा बाबु छोराको धारिलो हतियार प्रहार गरी हत्या

काठमाडौं । सिरहामा बाबु छोराको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ। सिरहाको अर्नमा गाउँपालिका-१ महनौरका करिब ६० वर्षीय चुलाही भन्ने चन्देश्वर पाल र उहाँको १९ वर्षीय छोरा सन्तकुमार पालको शनिबार राति हत्या भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डिएसपी सुभास बुढाथोकीले बताउनुभएकाे छ ।

डिएसपी बुढाथोकीका अनुसार मृतकको बाबु-छोराको शरीरको विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको छ । सन्त कुमारको जेठ ११ मा विवाह हुन लागेकोले घरमा अबेर रातीसम्म विवाह गीतमा छरछिमेक महिलाहरुको सहभागिता रहेको थियो ।

विवाह गीत गाएर करिब १२ बजे सुतिरहेकै ठाउँमा बाबु-छोराको हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बुवा एकलै सुतेको र सन्त कुमारसँग गाउँकै १०-१२ बर्षको बालकसँग सुतेका थिए। हत्या भएको घटनाबारे सँगै सुतेका बालकले थाहा पाएपछि घरका अन्य सदस्यलाई र गाउँलेलाई सुनाएका थिए । सन्त कुमार महनौर बजारमै हार्डवेयर पसलमा काम गर्दै आउनुभएकाे थियाे ।

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका