जुम्ला कनकासुन्दरीमा एम्बुलेन्स दुर्घटना, तीन जना घाइते • Nepal's Trusted Digital Newspaperजुम्ला कनकासुन्दरीमा एम्बुलेन्स दुर्घटना, तीन जना घाइते • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • जुम्ला कनकासुन्दरीमा एम्बुलेन्स दुर्घटना, तीन जना घाइते

जुम्ला कनकासुन्दरीमा एम्बुलेन्स दुर्घटना, तीन जना घाइते

  • समाचारपाटी
  • आइतवार, जेष्ठ ८, २०७९
जुम्ला कनकासुन्दरीमा एम्बुलेन्स दुर्घटना, तीन जना घाइते

जुम्ला । जुम्लाको कनकासुन्दरीमा एम्बुलेन्स दुर्घटना भएको छ । कनकासुन्दरी गाउँपालिका-६ स्थित दाँते ओखरमा क १ झ १५ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय जुम्लाका सूचना अधिकारी प्रहरी निरीक्षक (इन्सपेक्टर) भुवन भट्टका अनुसार एम्बुलेन्स दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य छ ।

कनकासुन्दरी-६ का बिरामी दलविरे ऐडीलाई उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा एम्बुलेन्स दुर्घटना भएको हो । प्रहरी निरीक्षक भट्टका अनुसार एम्बुलेन्स सड्कबाट १५/२० मिटर तल खसेको छ । दुर्घटना भएको एम्बुलेन्स कनकासुन्दरी गाउँपालिकाको हो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका