सुनको मूल्य ७ सय रुपैयाँले वृद्धि • Nepal's Trusted Digital Newspaperसुनको मूल्य ७ सय रुपैयाँले वृद्धि • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • सुनको मूल्य ७ सय रुपैयाँले वृद्धि

सुनको मूल्य ७ सय रुपैयाँले वृद्धि

  • समाचारपाटी
  • आइतवार, जेष्ठ ८, २०७९
सुनको मूल्य ७ सय रुपैयाँले वृद्धि

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ कायम भएको छ ।

शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार तेजावी सुनको प्रतितोला मूल्य ९७ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो साता सुरुवाती दिनमा केही घटेको सुनको मूल्य अन्तिम तिर भने बढ्न थालेको थियो । आइतबार चाँदीको  मूल्य प्रतितोला  १ हजार २सय ७० रुपैयाँ रहेको छ । शुक्रबार आइतबारकै मूल्यमा चाँदीको कारोबार भएको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका