उदयपुर । आइतबार बिहान उदयपुरमा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ। बिहान परेकाे पानीसँगै परेकाे चट्याङ लागेर घाइते भएकी कटारी नगरपालिका ११ गोठडाँडाकी ४५ वर्षीया भक्तकुमारी बुढाथोकीको उपचारको क्रममा मृत्यु भएकाे हो।
घरमा बसिरहेको अवस्थामा चट्याङ् लागेर घाइते भएकी बुढाथोकीको कटारी अस्पतालमा उपचारको क्रममा १०:३० बजे ज्यान गएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर मोहन थापाले जानकारी दिनुभएकाे हाे।