जुम्ला सिंजाकाे नवनिर्वाचित अध्यक्ष धितालले टेलिफोन सेवा सञ्चालनमा ल्याएर सुरु गर्नुभयाे कार्यकाल • Nepal's Trusted Digital Newspaperजुम्ला सिंजाकाे नवनिर्वाचित अध्यक्ष धितालले टेलिफोन सेवा सञ्चालनमा ल्याएर सुरु गर्नुभयाे कार्यकाल • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • जुम्ला सिंजाकाे नवनिर्वाचित अध्यक्ष धितालले टेलिफोन सेवा सञ्चालनमा ल्याएर सुरु गर्नुभयाे कार्यकाल

जुम्ला सिंजाकाे नवनिर्वाचित अध्यक्ष धितालले टेलिफोन सेवा सञ्चालनमा ल्याएर सुरु गर्नुभयाे कार्यकाल

  • समाचारपाटी
  • आइतवार, जेष्ठ ८, २०७९
जुम्ला सिंजाकाे नवनिर्वाचित अध्यक्ष धितालले टेलिफोन सेवा सञ्चालनमा ल्याएर सुरु गर्नुभयाे कार्यकाल

जुम्ला । जुम्लाको सिंजा गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष पूर्णप्रसाद धितालले अवरुद्ध टेलिफोन सेवा सञ्चालन गराएर आफ्नो कार्यकाल सुरु गर्नुभएकाे छ ।

सिँजाको नराकोटमा रहेको टेलिफोन टावरले नियमित सेवा दिन नसकिरहेको अवस्थामा अध्यक्षको पहलमा टेलिफोन सेवा सञ्चालनमा आएको हो ।

अहिले सिंजा क्षेत्रमा फोनले राम्रो काम गरेको स्थानीयवासी डिल्लीप्रसाद तिवारीले बताउनुभयाे । अध्यक्ष धिताल मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सपथ लिएसँगै नेपाल टेलिकम जुम्लाको कार्यालय छिर्नुभएकाे थियाे ।

नेपाल टेलिकमले विद्युत पावर कम भएको पत्ता लगाएपछि आवश्यक सोलार व्याट्री व्यवस्थापन गरेको थियो । २०० भोल्टका ४८ वटा व्याट्री र प्राविधिक लिएर शनिबार नै अध्यक्ष धिताल सिँजा पुग्नुभएकाे थियाे ।

नेपाल टेलिकम जुम्लाका प्राविधिक चित्र शाहीका अनुसार समस्या आइरहेको टेलिफोन सेवा पूर्णरुपमा काम गरिरहेकाे छ । यसअघि सिँजा गाउँपालिकामा बिहान साँझको समय र घाम नलागेको दिन फोन सेवा अवरुद्ध हुने समस्या थियो । जसका कारण निर्वाचन तथा मतगणनको समयमासमेत सूचना प्रवाह तथा डाटा राख्न समस्या भएको थियो ।

संचार मन्त्रालय र नेपाल टेलिकमको केन्द्रीय कार्यालयसँग समन्वय गरी नयाँ ब्याट्री एकै दिनमा थप गरिएको छ । जुम्लामा रहेको टेलिकमको कार्यालयमा पुगेर १५६० किलो वजनका नयाँ ब्याट्री ल्याइएको हो ।

नेपाल टेलिकमका प्रमुख रामचन्द्र श्रेष्ठले अध्यक्षले पहल गरेपछि प्राविधिकहरुसहितको टोली गाउँपालिकामा पठाएको जानकारी दिनुभयाे । सिँजा गाउँपालिकाको वडा नं ४ को भुलीटावरमा नयाँ ब्याट्री जडान गर्ने काम पनि सुरु भएको छ।

ब्याकपकको कमीले फाेन सेवा अवरुद्ध हुने गरेको थियो । सिँजा गाउँपालिकामा रहेको उक्त टावरले हिमा गाउँपालिकाको केही क्षेत्रमा समेत टेलिफोन सेवा दिइरहेको छ ।

अध्यक्ष धितालले समस्याको दीर्घकालीन समाधानका लागि नेपाल टेलिकम जुम्ला सँग कुरा गरेको बताउनुभएकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका