पोखरामा उम्मेदवार धनराज आचार्य र मञ्जु देवी गुरुङको अग्रता कायम • Nepal's Trusted Digital Newspaperपोखरामा उम्मेदवार धनराज आचार्य र मञ्जु देवी गुरुङको अग्रता कायम • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • पोखरामा उम्मेदवार धनराज आचार्य र मञ्जु देवी गुरुङको अग्रता कायम

पोखरामा उम्मेदवार धनराज आचार्य र मञ्जु देवी गुरुङको अग्रता कायम

  • समाचारपाटी
  • आइतवार, जेष्ठ ८, २०७९
पोखरामा उम्मेदवार धनराज आचार्य र मञ्जु देवी गुरुङको अग्रता कायम

पोखरा । पोखरा महानगरपालिकामा मेयर एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य र नेकपा एमालेकी उपमेयर उम्मेदवार मञ्जु देवी गुरुङको अग्रता कायम रहेकाे छ ।

आचार्यले एमालेका उम्मेदवार कृष्ण थापालाई ३ हजार २ सय ६० मत अन्तरले पछि पार्नुभएकाे छ । एक लाख १ हजार १ सय २१ मत गणना हुँदा आचार्यले ४० हजार ४ सय ३४ र थापाले ३७ हजार १ सय ७४ मत पाउनुभएकाे छ ।

यसैगरी प्रमुख पदमा राप्रपाका उम्मेदवार शंकर खरालले ४ हजार ५ सय ८२ मत पाउँदा स्वतन्त्र उम्मेदवार खडकराज पौडेल (गनेस)ले २ हजार ६ सय १३ मत पाउनुभएकाे छ ।

उपमेयर उम्मेदवार एमालेकी मञ्जु गुरुङले ४२ हजार ३ सय १६ मत पाउनुभएकाे छ ।  कांग्रेसकी उम्मेदवार कोपिला रानाभाटकाे ४० हजार ७०४ मत पाउनुभएकाे छ । एमालेकी मञ्जु गुरुङले  १ हजार ६सय १२ मत बढी पाउनुभएकाे छ । राप्रपाकी रञ्जना कुमारी सेन पौडेलको पक्षमा ४ हजार ५०९ मत परेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका