संस्कार र संस्कृति पुस्तानतरण गर्न परिवारनै भिडियोमा • Nepal's Trusted Digital Newspaperसंस्कार र संस्कृति पुस्तानतरण गर्न परिवारनै भिडियोमा • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • संस्कार र संस्कृति पुस्तानतरण गर्न परिवारनै भिडियोमा

संस्कार र संस्कृति पुस्तानतरण गर्न परिवारनै भिडियोमा

  • समाचारपाटी
  • आइतवार, जेष्ठ ८, २०७९
संस्कार र संस्कृति पुस्तानतरण गर्न परिवारनै भिडियोमा

काठमाडौँ । भनिन्छ सफल पुरुषको पछाडी महिलाको हात हुन्छ । यो भनाईमा सिमित न भएर गायक चन्द्र अन्छङ्बोको जीवनमा पनि लागू हुन्छ । बिगत दुई दशक देखि लोकसंगीत बिशेषगरी लिम्बु जातिहरुको धर्म र सस्कृतिमा आधारित गीतहरुमा आफ्नु आवाज दिईरहनुभएका गायक चन्द्रलाइ संगीत सिर्जनामा सिंगो परिवारले नै साथ दिएको छ ।

हङकङलाइ कर्म थलो बनाउनुभएका गायक चन्द्र संगीतलाई आफ्नो शरीरको रगत संग तुलना गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ ‘जिवनमा संगीत गर्दाको खुसी र आनन्द कुनै आधुनिकताले दिदैन’ ।

पछिल्लो समय उहाँ गायक चन्द्र अन्छङ्बोले लिम्बु गीत सार्वजनिक गर्नुभएकाे छ । ‘याक्थुंङ हाङमा तरेमे’ गीतमा सोल्टीले सोल्टिनालाइ लिम्वुवान राज्यमा राम्ररी बस्नु होला , म जहाँ पुगे पनि तिमि प्रतिको माया र साथ सधै रहने छ भन्ने भाव प्रस्तुत गरिएको छ । गीतमा चन्द्रलाइ गायिका संगीत आङबुहाङले साथ दिएकी छिन ।

बब्रिम शेर्माको शब्द ,संगीत रहेको गीतलाई दिनेश सुब्बाले एरेन्ज गरेका हुन् । लिम्बु गीतलाई शब्दको भाव अनुसार पर्दामा प्रस्तुत गर्नका लागि भिडियोमा निकै मेहनत गरिएको चन्द्रले बताए भिडियो निर्माणको धेय मनोरञ्जनको साथै लिम्बु संस्कार र संस्कृति पुस्तानतरण गर्न पनि रहेको गायक अन्छङ्बोले बताए । युवापुस्ताका चर्चित निर्देशक युगल पोमो लिम्बुले भिडियोलाई मौलिक बनाउनका लागि कस्ट्युम र कलाकारहरुको प्रस्तुतिमा बिशेष मेहनत गरिएको बताए ।

भिडियोमा गायक चन्द्रलाई आफनै श्रीमती सुकु नाल्बो , छोरीहरु एञ्जुला ,एलिसा अन्छङ्बो र पूर्ण बहादुर अन्छङ्बोले साथ दिएका छ्न हंङकङको सुन्दर ठाउहरुमा खिचिएको भिडियोलाइ छायांकन र सम्पादन मज्जाको राईले गरेका छन । भिडियोलाइ गायक चन्द्र अन्छङ्बोको युट्युब च्यानल  (Chandra Anchhangbo) बाट सार्वजनिक गरिएको हो । आफ्नो भाषासंकृतलाइ बचाउन महत्वपूर्ण भूमिका निभेको भन्दै भिडियोलाइ राम्रो राम्रो प्रतिक्रिया आएको छ ।

https://www.youtube.com/watch?v=UywTK4xKWJU

 

1 10 2 11 3 9

 

 

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका