धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल विजयी • Nepal's Trusted Digital Newspaperधनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल विजयी • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल विजयी

धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल विजयी

  • समाचारपाटी
  • आइतवार, जेष्ठ ८, २०७९
धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हमाल विजयी

धनगढी । धनगढी उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल विजयी हुनुभएकाे छ । हमालले निवर्तमान मेयर कांग्रेसका नृपबहादुर ओडलाई झण्डै दोब्बर मत ल्याएर पराजित गर्नुभएकाे हाे । अघिल्लो निर्वाचनमा हमाल ओडसँग पराजित हुनुभएकाे थियाे ।

हमालले कुल खसेको ६३ हजार ७ सय १५ मतमध्ये २६ हजार ८ सय ६५ मत ल्याउनुभयाे । निकटतम् प्रतिस्पर्धी ओडले १४ हजार ८ सय १७ मत मात्रै पाउनुभयाे । तेस्रो हुनुभएका एमालेका रणबहादुर चन्दले ९ हजार १ सय १५ मत प्राप्त गर्नुभएकाे थियाे ।

२०७४ सालको स्थानीय तहको चुनावमा हमाल कांग्रेसका ओडसँग २७ सय मतान्तरले पराजित हुनुभएकाे थियाे । तर यसपटकको चुनावमा कांग्रेसले माओवादी, एकीकृत समाजवादीको साथ पाउँदा पनि ओड पराजित हुनुभएकाे छ ।

उपमेयरमा भने एमालेकी कन्दकला राना विजयी हुनुभएकाे छ । मतगणनाको सुरूआतदेखि अग्रता पाउनुभएकी माओवादी केन्द्रकी शान्ति अधिकारीलाई २ हजार ८ सय ९ मतान्तरले पराजित गर्नुभएकाे हाे ।

रानाले १५ हजार ४ सय ७९ मत पाउँदा अधिकारीले १२ हजार ६ सय ७० मत मात्रै प्राप्त गर्नुभयाे । स्वतन्त्र उम्मेदवार प्रभाकर भण्डारीले ६ हजार ६ सय ९ मत ल्याउनुभयाे ।

१९ वटा वडा रहेको धनगढीमा कांग्रेसले ११ वटा वडा जितेको छ भने एमालेले ६ वटा र माओवादखीले २ वटा वडा जितेको छ ।

वडानम्बर १,२,३,४,५,१४,१५,१७,१९,९ र १३ कांग्रेसले जितेको छ । एमालेले ७, ८, १०, ११, १२ र १८ र माओवादी केन्द्रले ६ र १६ नम्बर वडा जितेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका