११ जना कोराना संक्रमित थपिए, १२ जना कोरोना संक्रमण मुक्त • Nepal's Trusted Digital Newspaper११ जना कोराना संक्रमित थपिए, १२ जना कोरोना संक्रमण मुक्त • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ११ जना कोराना संक्रमित थपिए, १२ जना कोरोना संक्रमण मुक्त

११ जना कोराना संक्रमित थपिए, १२ जना कोरोना संक्रमण मुक्त

  • समाचारपाटी
  • शनिबार, जेष्ठ ७, २०७९
११ जना कोराना संक्रमित थपिए, १२ जना कोरोना संक्रमण मुक्त

काठमाडौं । देशभर पछिल्लो २४ घन्टामा ११ जना कोराना संक्रमित थपिएका छन्। आज काेराेना संक्रमणबाट कसैकाे पनि मृत्यु भएकाे छैन् । पछिल्लो २४ घन्टामा १ हजार ८ सय  १९ जना पिसिआर परीक्षण गर्दा ११ जना र १ हजार २ सय ११ जनाकाे एनटिजेन परीक्षण गर्दा ० जना गरी ११ जना नयाँ काेराेना संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घन्टामा ३ हजार ३० जनामा कोरोना परिक्षण भएकाे छ भने १२ जना कोरोना संक्रमण मुक्त भएका छन्।

हालसम्म देशभर १ सय ४८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन्। देशभर काेराेना संक्रमणबाट मुक्त हुनेकाे संख्या ९ लाँख ६६ हजार ९ सय ६२ रहेकाे छ भने मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ५२ पुगेकाे छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका