३० वर्ष देखि हेटौंडाको मेयर र उपमेयर जित्दै आएको एमाले अहिले पराजित • Nepal's Trusted Digital Newspaper३० वर्ष देखि हेटौंडाको मेयर र उपमेयर जित्दै आएको एमाले अहिले पराजित • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • ३० वर्ष देखि हेटौंडाको मेयर र उपमेयर जित्दै आएको एमाले अहिले पराजित

३० वर्ष देखि हेटौंडाको मेयर र उपमेयर जित्दै आएको एमाले अहिले पराजित

  • समाचारपाटी
  • शनिबार, जेष्ठ ७, २०७९
३० वर्ष देखि हेटौंडाको मेयर र उपमेयर जित्दै आएको एमाले अहिले पराजित
photosource:-annapurnapost

हेटौंडा । नेकपा एमालेले ३० वर्षपछि हेटौंडा उपमहानगरपालिकाको नेतृत्व गुमाएको छ। २०४९ सालदेखि हेटौंडाको मेयर र उपमेयर जित्दै आएको एमालेले २०७९ को निर्वाचनबाट भने दुबै पद गुमाएको हो।

एमालेतको विरासत भत्काएपछि गठबन्धन दलले हेटौंडामा विजय र्‍याली निकालेको छ। हेटौंडाको वन विज्ञान अध्ययन संस्थान अगाडिबाट निस्किएको र्‍याली नगर परिक्रमा गर्दै सीमा चोकमा आएर सभामा परिणत भएको थियो। सभालाई गठबन्धन दल नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँ, नेकपा माओवादी केन्द्रकी केन्द्रीय सदस्य कुमारी मोक्तान, नेकपा एकीकृत समाजवादीका केन्द्रीय उपाध्यक्ष केदार न्यौपाने, नवनिर्वाचित मेयर मिना लामालगायतले सम्बोधन गर्नुभएकाे थियाे।

एमालेका उम्मेदवार अनन्त पौडेललाई दुई हजार १६७ मतले पछि पार्दै गठबन्धन दल एकीकृत समाजवादीकी लामा मेयरमा निर्वाचित हुनुभएकाे हाे। लामाले २३ हजार ७५ मत ल्याउँदा निकतम प्रतिस्पर्धी एमालेका अनन्तप्रसाद पौडेलले २० हजार ९सय ८ मत प्राप्त गर्नुभएकाे थियाे। त्यस्तै राप्रपाका दीपकबहादुर सिंहले २० हजार ५ सय ३१ मत प्राप्त गर्नुभएकाे हाे।

उपमेयरमा कांग्रेसका राजेश बानियाँ ३२ हजार ५ सय ९३ मतसहित विजयी हुनुभएकाे हाे। एमालेकी सुमित्रा काफ्लेले २३ हजार ९०९ र राप्रपाकी इन्दिरा न्यौपानले पाँच हजार ४ सय ८३ मत पाउनुभयाे।

मकवानपुरको दश स्थानीय तहमध्ये कांग्रेसले पाँच पालिका प्रमुख र चार पालिका उपप्रमुख, एमालेले दुई पालिका प्रमुख र एक उपप्रमुख जितेको छ। माओवादी केन्द्रले दुई पालिका प्रमुख र पाँच पालिका उपप्रमुख र एकीकृत समाजवादीले एक पालिका प्रमुख जितेको छ।

congress2 1

congress3

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका