किशोरी बलात्कारकाे घटनामाथि छानविन समितिले अघि बढायाे काम • Nepal's Trusted Digital Newspaperकिशोरी बलात्कारकाे घटनामाथि छानविन समितिले अघि बढायाे काम • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • किशोरी बलात्कारकाे घटनामाथि छानविन समितिले अघि बढायाे काम

किशोरी बलात्कारकाे घटनामाथि छानविन समितिले अघि बढायाे काम

  • समाचारपाटी
  • शनिबार, जेष्ठ ७, २०७९
किशोरी बलात्कारकाे घटनामाथि छानविन समितिले अघि बढायाे काम

काठमाडौं । सौन्दर्य प्रतियोगितामा भाग लिएकी किशोरीमाथि भएको यौन हिंसाको घटनामाथि अनुसन्धान प्रक्रिया अघि बढेको गृह मन्त्रालयले जनाएको छ।

गृहले छानविन समिति गठन गरी काम सुरु भइसकेको जनाएको हो। घटनाको सन्दर्भमा अपराध महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक बसन्त कुँवरको संयोजकत्वमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायव उपरीक्षक कोपिला चुडाल, प्रहरी नायव उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का रहेको छानविन समितिले काम अघि बढाएको छ।

गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणी पोखरेलले शीघ्र छानविन गरी सत्य तथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको कारवाही गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरेका छन्। समितिलाई अनुसन्धान कार्यमा सहयोग गर्न मन्त्रालयले अनुरोधसमेत गरेको छ।

सौन्दर्य प्रतियोगितामा भाग लिएकी एक किशोरीमाथि भएको यौन हिंसाका दोषीलाई कारवाहीको माग गर्दै शनिबार काठमाडौंमा प्रदर्शनसमेत भएको छ। पीडितले घटनाका बारेमा सामाजिक सञ्जालबाट सार्वजनिक गरेको भन्दै उनीहरुले दोषीमाथि कारवाही गर्नुपर्ने माग राखेका छन्।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका