गुल्मीमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई जना शिक्षक पक्राउ • Nepal's Trusted Digital Newspaperगुल्मीमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई जना शिक्षक पक्राउ • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • गुल्मीमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई जना शिक्षक पक्राउ

गुल्मीमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई जना शिक्षक पक्राउ

  • समाचारपाटी
  • शनिबार, जेष्ठ ७, २०७९
गुल्मीमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा दुई जना शिक्षक पक्राउ

गुल्मी । गुल्मीमा छात्रालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले दुई जना शिक्षकलाई पक्राउ गरेको छ । जिल्लाको सत्यवती गाउँपालिका हसरास्थित सत्यवती माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा शिक्षक पक्राउ परेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक (डीएसपी) माधवराज खरेलले बताउनुभयाे ।

शिक्षक निलकण्ठ बस्यालले २०७८ भदौ महिनादेखि र शिक्षक प्रकाश भट्टराईले २०७८ मार्ग महिनादेखि एक छात्रामाथि यौनजन्य क्रियाकलापका लागि फकाउने, बालयौन दुव्र्यवहारका कार्यहरु गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको डीएसपी खरेलले बताउनुभयाे ।

प्रहरीले शिक्षक भट्टराई र बस्याललाई पक्राउ गरी अनुसन्धान थालेको छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका