काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले सुरुदेखिनै अग्रता कायम गर्नुभएकाे छ। शनिबार २ बजेसम्म ९० हजार मतगणना हुँदा बालेनले ३२ हजार ९ सय ७८ मत प्राप्त गर्नुभएकाे छ।
दोस्रोमा गठबन्धका उम्मेदवार सिर्जना सिंह हुनुहुन्छ । यसअघि सिंह तेस्रो स्थानमा हुनुहुन्थ्याे। सिंह १७ हजार ७ सय २ मतका साथ दोस्रो स्थानमा रहनुभएकाे छ।
यस्तै एमालेका उम्मेदवार केशव स्थापितले १७ हजार ६ सय ७८ मत प्राप्त गर्नुभएकाे छ। बालेनले सिर्जना सिंहलाई १५ हजार २ सय ७६ मतले लिड गरिरहनुभएकाे छ। गठबन्धनबाट उम्मेदवार बन्नुभएकी कांग्रेसकी सिर्जना सिंहले १७ हजार १ सय ८ मत प्राप्त गर्नुभएकाे छ।