बलात्कृत भएकी पीडित युवतीकाे न्यायकाे लागि पाेखरामा युवायुवतीद्धारा नारा जुलुस • Nepal's Trusted Digital Newspaperबलात्कृत भएकी पीडित युवतीकाे न्यायकाे लागि पाेखरामा युवायुवतीद्धारा नारा जुलुस • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • बलात्कृत भएकी पीडित युवतीकाे न्यायकाे लागि पाेखरामा युवायुवतीद्धारा नारा जुलुस

बलात्कृत भएकी पीडित युवतीकाे न्यायकाे लागि पाेखरामा युवायुवतीद्धारा नारा जुलुस

  • समाचारपाटी
  • शनिबार, जेष्ठ ७, २०७९
बलात्कृत भएकी पीडित युवतीकाे न्यायकाे लागि पाेखरामा युवायुवतीद्धारा नारा जुलुस

पाेखरा । आठ वर्षअघि सौन्दर्य प्रतियोगिताको नाममा बलात्कृत भएकी युवतीको न्यायका लागि बुधबार पीडित युवतीले सामाजिक सञ्जाल टिकटकमार्फत आफूलाई सौन्दर्य प्रतियोगिताका एक सञ्चालकले लठ्ठिने सामग्री भएको पेय पदार्थ खुवाएर बलात्कार गरेको खुलासा गर्नुभएकाे थियाे ।

मिस ग्लोबल इन्टरनेशनल नामक प्रतियोगिताका आयोजक ‘मोडल ग्लोबल भिसाज कन्सल्टेन्सी’का सञ्चालक मनोज पाण्डेले उहाँलाई बानेश्वरको एभरेष्ट होटलमा बलात्कार गरेको पीडितको भनाइ छ । त्यसदिन पाण्डेले तस्वीर र भिडियो खिचेर ६ महिनासम्म ब्ल्याकमेल गर्दै जबरजस्ती करणी गरेको उहाँले भिडियोमा खुलाउनुभएकाे छ ।

तर आफूमाथि भएको यौन हिंसाबारे कानुनी प्रक्रियामा जान  कसैबाट पनि सहयोग नपाएकाे उहाँले बताउनुभएकाे छ । प्रतियोगिताकी कोरियोग्राफरसमेत रहेकी पूर्वमिस नेपाल माल्भिका सुब्बाले समेत आफूलाई सहयोग नगरेको उहाँको गुनासो छ । सुब्बाले त्यसबेला सहयोग गर्न नसकेकाेमा माफी पनि मागिसक्नुभएकाे छ ।

घटनाका कारण मानसिक समस्याबाट गुज्रिरहँदा  पीडा भुलाउन दुर्व्यसनमा समेत सुस्मिता पुग्नुभएकाे थियाे ।  पहिलो भिडियो श्रृङ्खला सार्वजनिक गरेको ४८ घन्टापछि शुक्रबार साँझ पुनः रुँदै अर्को भिडियो सार्वजनिक भयाे ‘यो कस्तो नियम हो नेपालको ? एक वर्षभित्र रिपोर्ट गरेन भने फाइल नै लिंदैन रे, अदालतले ।’ जबर्जस्ती करणी सम्बन्धी कसूरमा उजुरीका लागि एक वर्षसम्म हदम्याद छ भन्ने सुनेपछि विक्षिप्त भएकी सुस्मिताले ‘हदम्याद नाघ्यो भन्दैमा आफू पीडित होइन भन्नै नहुने’ भन्नुभएकाे छ ।

उहाँले अगाडि भन्नुभएकाे छ, ‘कोही ढिला बोल्छन्, कोही छिटो बोल्छन्, मलाई अहिले बल्ल थाहा भयो, एक वर्षसम्म रिपोर्ट नहुँदा फाइल दर्ता भए पनि अदालतले फिर्ता गरिदिन्छ भनेर ।’ उहाँले रुँदै खिचेको भिडियो सार्वजनिक भएपछि शुक्रबार बलात्कार सम्बन्धी कसूरमा हदम्यादको व्यवस्था हटाउन माग गर्दै युवाको एक समूहले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाहिर धर्ना दिएको थियाे ।

संसदमा पनि यो विषयले प्रवेश पाएको छ । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न निर्देशन दिनु भन्नुभएकाे छ । साथै, हदम्यादसम्बन्धी व्यवस्थापनमा पुनर्विचार गर्नुपर्ने पनि उहाँले बताउनुभएकाे छ । सांसदहरुले प्रश्न उठाएपछि सभामुख अग्नि सापकोटाले उक्त घटनाको छानबिन गर्न सरकारलाई रुलिङ गर्नुभएकाे छ ।

प्रधानमन्त्री पत्नी एवं कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाले पनि बलात्कारसम्बन्धी कानुनको संशोधन गर्न संसद्लाई आग्रह गर्नुभएकाे छ । ‘हिंसामा परेकालाई जिन्दगीभरि त्रास रहिरहेको हुन्छ, उनीहरुका लागि जीवनकै सबैभन्दा भयानक क्षणमा समय रोकिएजस्तै हुन्छ’ उहाँले भन्नुभएकाे छ, ‘त्यसैले यस्तो घटनाको उजुरी गर्न कुनै समयसीमा राखिनु हुन्न, यस्तो कुरा बाहिर सार्वजनिक रुपमा ल्याउन लामो समय लाग्न सक्छ ।’

बलात्कृत भएकी युवतीको न्यायका लागि पाेखरामा शनिवार युवा युवतिले नारा जुलुससहितकाे र्यालि निकालेका छन् । सुस्मितालाइ न्याय दे, अब त अति भाे ,उइ वान जस्टिस,  बलात्कारीलाइ फासी दे  जस्ता नारा लगाएर प्रदशन गरेका छन् । प्रदशनमा सहभागी युवा युवति सबैले सुस्मिताकाे न्यायका लागि लेखिएका जस्टिस फर सुस्मिता, हिजाे निर्मला सुस्मिता भाेलि काे , अब त अति भाे नबाेल्दा क्षति भाे  पर्चा हातमा लिएर प्रदशनमा हिडेका छन् ।

justic 1 justic2 justic3

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका