बिहार । भारतको बिहार प्रान्तको बेगुसराय जिल्लामा पत्रकार सुभाष कुमारको गोली हानी हत्या गरिएको छ। घटना हुँदा सुभाष आफ्नो गाउँमा आयोजित एक कार्यक्रममा सहभागी भएर घर फर्किरहनुभएकाे थियाे।
घटनाको जानकारी पाउनासाथ घटनास्थलमा प्रहरी पुगेको थियो। प्रहरीले सुभाषको शवलाई कब्जामा लिएर पोस्टमार्टमको लागि पठाएका छ।
मृतक पत्रकार सुभाष आफ्ना आमाबुबाका एक्लो सन्तान हुनुहुन्छ। उहाँ २० मे बेलुका गाउँमा नै आयोजित एक कार्यक्रममा सामिल हुन जानुभएकाे थियाे। मांगलिक कार्यक्रमबाट राती फर्कंदा उनलाई बाटोमा ढुकेर बसेका अज्ञात व्यक्तिहरुले गोली हानेका थिए।
गोली सुभाषको टाउकोमा लाग्यो र सुभाष त्यहीं ढल्नुभयाे। घटनास्थल पुगेका प्रहरीले उहाँलाई उपचारको लागि नजिकैको प्राथमिक स्वास्थ्य केन्द्र लगेकाे थियाे। त्यही सुभाषलाई मृत घोषित गरिएको थियो।
हत्याराको खोजी भइरहेको र छिटै पत्ता लाग्ने प्रहरीले जनाएको छ।
आजतक