काठमाडौं । हालै वैवाहिक जीवनमा बाधिएकी नायिका केकी अधिकारी गायक राजेश पायल राई संग म्युजिक भिडियोमा रोमाण्टिक मोडमा देखिनुभएकाे छ। ‘तिम्रै नाम होस’ बोलको यस गीतमा गायिका अस्मिता अधिकारी र गायक राजेश पायल राईको सुमधुर स्वर सुन्न सकिन्छ।
वरिष्ठ संगीतकार वसन्त सापकोटाको संगीतमा समावेश गीतलाई अमेरिकाको ओहायो निवासी गीतकार गोपाल लोहारले लेख्नुभएकाे हाे। सुदिप बरालले छायाँकन गरेको यस भिडियोलाई अर्जुन जिसीले सम्पादन गर्नुभएकाे हाे। भीमा लोहार निर्मात्री रहेको यस भिडियोलाई कविराज गहतराजको निर्देशनमा तयार पारिएको हो।
गोलो प्रोडक्शनको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो। यसअघि गीतकार लोहारको शब्दमा समावेश ‘किन मायामा, ‘एकै छिनु’, ‘राधा पियारी’, लगायत दर्जनौ म्युजिक भिडियोहरु सार्वजनिक भैसकेका छन्। निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह गर्नुभएकाे छ।