धनगढी । कैलालीको लम्कीचुहा नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा नेकपा एमालेका महिला उम्मेदवारहरु विजयी हुनुभएकाे छ ।
मेयरमा नेपाली कांग्रेसकी सुशीला शाही र उपमेयरमा एमालेकी जुना चौधरी विजयी हुनुभएकाे हाे । कांग्रेसकी शाहीले १२ हजार ७ सय १३ मत प्राप्त गरी मेयर पद जित्दा उहाँका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका महादेव बजगाईले १० हजार ४ सय ३५ मत मात्रै पाउनुभएकाे छ ।
उपमेयरमा एमालेकी जुना चौधरी ११ हजार ७८ मत प्राप्त गर्दै विजयी हुँदा उहाँको निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रकी जानकी कुमारी सिंहले ८ हजार ३ सय ८ मत पाउनुभयाे ।