अमेरिकामा नेपाली मूलका युवा साङ्गे शेर्पालामा शेर्पा समुदाय कै सम्भवत पहिलो वकिल • Nepal's Trusted Digital Newspaperअमेरिकामा नेपाली मूलका युवा साङ्गे शेर्पालामा शेर्पा समुदाय कै सम्भवत पहिलो वकिल • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • अमेरिकामा नेपाली मूलका युवा साङ्गे शेर्पालामा शेर्पा समुदाय कै सम्भवत पहिलो वकिल

अमेरिकामा नेपाली मूलका युवा साङ्गे शेर्पालामा शेर्पा समुदाय कै सम्भवत पहिलो वकिल

  • समाचारपाटी
  • शनिबार, जेष्ठ ७, २०७९
अमेरिकामा नेपाली मूलका युवा साङ्गे शेर्पालामा शेर्पा समुदाय कै सम्भवत पहिलो वकिल

अमेरिका । अमेरिकामा नेपाली मूलका युवा साङ्गे शेर्पालामा शेर्पा समुदाय कै सम्भवत पहिलो वकिल बन्नुभएकाे छ । शेर्पा जाती हिमाल चढ्ने ,हिम चुचुरोमा खेल्ने ,हिम शिखर मै रमाउने र सयौ कीर्तिमान कायम गरि रहने आतिला ,जोशिला र बहादुर मानिने शेर्पा समुदायकै प्रतिनिधित्व गर्दै अमेरिका जस्तो राष्ट्रमा अधिवक्ता बन्न सफल हुनुभएकाे छ ।

साङ्गे शेर्पालामाले उत्कृष्ट जिपीए हासिल गर्दै लेखा संकाय  (एकाउन्टीङ्ग) समेतमा उतिर्ण हुदै अमेरिकी अधिवक्ता बनि शेर्पा समुदाय तथा मातापिताकै नाम ,ईज्जत र प्रतिष्ठा उच्च बनाउन सफल हुनुभएकाे छ । अमेरिकामा रहेका नेपाली मूलक शेर्पा समुदायको ईतिहास उहाँ सम्भवत प्रथम अधिवक्ता हुनुहुन्छ ।

अमेरिकामा अहिले सम्म नेपालीमूलका शेर्पा जातिमा कोही पनि वकिल भएको समाचारहरु आएका छैनन । उहाँले मे २० ,२०२२ का दिन रजर विलियम युनिभर्सिटी (बिश्वबिद्यालय) बाट कानुन उपाधिमा स्नातक गर्नुभएकाे छ ।

शेर्पालामाले अमेरिकाको रोड आइल्याण्डको एक निजी विश्वविद्यालय रोजर विलियम्स विश्वविद्यालय ब्रिस्टलबाट स्नातक गर्नुभएकाे हाे भने यो बिश्व बिद्यालय १९५६ मा स्थापित भएको हो ।

अधिवक्ता हुन साथ आगामी अगस्त महिना देखि आफ्नो पहिलो जागिर न्यूयोर्क शहरमा सहायक जिल्ला अधिवक्ता (एडिए – एसिस्टेन्ट डिस्ट्रिक एटोर्नी) पदमा काम थाल्ने हुनुभएकाे छ ।

साङ्गे शेर्पालामा सामाजिक अभियन्ता बुवा छेवांग शेर्पालामा र आमा आंग फूर्बा शेर्पालामाका कान्छा सुपुत्र हुनुहुन्छ ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका