नगेन आर्ट एकेडेमीमा नेशनल फाईनआर्ट प्रदशनी सुरु • Nepal's Trusted Digital Newspaperनगेन आर्ट एकेडेमीमा नेशनल फाईनआर्ट प्रदशनी सुरु • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • नगेन आर्ट एकेडेमीमा नेशनल फाईनआर्ट प्रदशनी सुरु

नगेन आर्ट एकेडेमीमा नेशनल फाईनआर्ट प्रदशनी सुरु

  • समाचारपाटी
  • शनिबार, जेष्ठ ७, २०७९
नगेन आर्ट एकेडेमीमा नेशनल फाईनआर्ट प्रदशनी सुरु

पोखरा । नगेन आर्ट एकेडेमीको आयोजनामा नेशनल फाईनआर्ट प्रदशनीको शुक्रबार घामपानी मार्केट चिप्लेढुङ्गामा रहेको एकेडेमीकै हलमा सुरु भएको छ । प्रदशनी यहि जेठ १५ सम्म रहनेछ । प्रदशनीमा सात प्रदेशका १३ जिल्लाका ४९ जना कलाकारका ९९ कलाकृति रहेका छन् ।

पोखरा महानगर वडा नम्बर ४ का नव निर्वाचित वडाध्यक्ष देबकृष्ण पराजुलीले राजधानी बाहिर केहि गर्ने उद्घेश्यले खोलिएको नगेन आर्ट एकेडेमीको सफलताको कामना गर्दै पोखरामा कला विकासका कार्यहरु गर्ने साथै पोखरा महानगरका सामुदायिक विद्यालयहरुमा कला शिक्षालाई जोड दिने बताउनु भयो । उहाँले अभिभावकहरुले पनि आफ्नो बच्चाको इच्छा बुझेर शिक्षा प्रदान गर्नुपर्ने बताउदै कला विकासमा सधैं सहकार्य गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

नेपाल ललितकला एकेडेमीका प्राज्ञ तथा पुर्व सभासद् नगेन सिँहले कलाकार राष्ट्रका गहना होइनन् अभिन्न अंगका रुपमा घोषणा गर्नुपर्ने माग राख्दै प्रत्येक सरकारी स्कुलमा कला शिक्षा, प्रत्येक नगरपालिका तथा गाँउपालिकामा कला विभाग हुनुपर्ने लगाएतका मागहरु राख्नु भयो ।
वरिष्ठ कलाकार पदम घलेले यस एकेडेमीले कला विकासमा सहयोग पुग्ने आशाँ व्यक्त गर्दै सरकारले कला शिक्षा अनिवार्य गर्नुपर्ने माग गर्नुभयो ।

प्रेस सेन्टरका केन्द्रिय सदस्य माधव पनेरुले पोखरा पर्यटकिय शहर भएकोले कलाको प्रवद्धन र विकास हुनु जरुरी रहेको बताउदै त्यसको लागि मिडीयाको तर्फबाट सधै सहयोग रहने बताउनु भयो । प्रेस सेन्टर पोखराका सयोंजक शिवराज बस्ताकोटिले आँफ्नो परिवारमा पनि कलाकारहरु भएकोले कला के हो बुझेको र कलाको विकास हुनु जरुरी रहेको बताउनु भयो ।

नगेनन्युज पब्लिकेशन प्रा. ली. का अध्यक्ष ज्योती हमालले राज्यले कला तथा कलाकारको सम्मान गर्न नसकेका कारण नेपालबाट कलाकार पलायन हुने अवस्था आएको र पोखरामा कलाको एकेडेमी खोलेर दक्ष कलाकार उत्पादन गर्ने उद्देश्यले नगेन आर्ट एकेडेमी सञ्चालनमा ल्याइएको बताउँदै बिकसित देशहरुमा प्रत्येक वडामा आर्ट सेन्टर हुन्छ भन्छन् तर नेपालमा न त आर्ट सेन्टर छ न त आर्ट ग्यालरी नै नभएका कारण चित्रकला प्रदशनीमा नै समस्या भएको बताउँदै अब नगेन आर्ट एकेडेमीले कलाकारले सिर्जना गरेको कला अब कहाँ प्रदशनी गर्ने भनेर भौतारिनु नपर्ने वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गर्नु भयो । हमालले वडामा त के कुरा यँहा त महानगरमा पनि आर्टको, कलाको केहि छैन र चित्रकला , नाटक , गीतसंगीत लगाएतका कलालाई उपेक्षा गरेर देश समाजको विकास हुन सक्दैन त्यसकारण कला सबैले बुझ्नु पर्ने बताउनु भयो ।

281145741 1433584317066349 5192428290739887756 n 281841705 596957131369641 7846483554925718371 n 282305151 387032836684069 1864429722896884398 n 282697027 1169731983776767 5370111473466658238 n

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका