काठमाडौं आइपुग्नुभयाे अमेरिकी उपमन्त्री जिया • Nepal's Trusted Digital Newspaperकाठमाडौं आइपुग्नुभयाे अमेरिकी उपमन्त्री जिया • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • काठमाडौं आइपुग्नुभयाे अमेरिकी उपमन्त्री जिया

काठमाडौं आइपुग्नुभयाे अमेरिकी उपमन्त्री जिया

  • समाचारपाटी
  • शुक्रबार, जेष्ठ ६, २०७९
काठमाडौं आइपुग्नुभयाे अमेरिकी उपमन्त्री जिया
photosource:-annapurnapost

काठमाडौं । अमेरिकी उपमन्त्री एवं तिब्बती मामिलाका संयोजक उज्रा जिया काठमाडौं आइपुग्नुभएकाे छ। नेपालका लागि अमेरिकी राजदूत रेन्डी बेरीले उपमन्त्री जियालाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएकाे हाे।

भारतको हिमाञ्‍चल प्रदेशस्थित धर्मशालामा धार्मिक नेता दलाई लामालाई भेटेर उहाँ शुक्रबार अपरान्ह काठमाडौं आइपुग्नुभएकाे हाे।

हिमाञ्चल प्रदेशमा अमेरिकी उपमन्त्री जियाले तिब्बती सरकारका प्रमुख पेन्पा छिरिङसँग भेट गर्नुभएकाे थियाे। जिया नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार हेर्ने अमेरिकी उपमन्त्री हुनुहुन्छ। नेपाल बसाईका क्रममा अमेरिकी उपमन्त्री जियाले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण, परराष्ट्रमन्त्री नारायण खड्कासँग भेट गर्ने कार्यक्रम रहेको छ।

अमेरिकी सरकारको तर्फबाट तिब्बती मामिला संयोजक जियाले नेपालमा रहेका तिब्बती शरणार्थीहरुको पछिल्लो अवस्था र उनीहरुले खेपिरहेका समस्याको बारेमा प्रधानमन्त्री देउवासँग छलफल गर्ने तयारी रहेको गृह मन्त्रालय स्रोतले जनाएको छ।

सन् १९९५ पछि नेपाल सरकारले तिब्वती शरणार्थीहरुलाई ‘शरणार्थी परिचय पत्र’ दिएको छैन। शरणार्थी परिचयपत्र नहुँदा नेपालमा रहेका तिब्बती शरणार्थीहरु मानव अधिकारका आधारभुत अधिकारबाटै बञ्चित हुँदै आएको नेपालमा रहेका शरणार्थीका अगुवाहरुले बताएका छन्।

उपमन्त्री जियाले प्रधानमन्त्री देउवा लगायत नेपाली उच्च अधिकारीहरुसँगको भेटमा शरणार्थी परिचपत्र पत्र नपाएका तिब्बतीहरुलाई तत्काल शरणार्थी परिचय पत्र दिन आग्रह गर्ने सम्भावना रहेका परराष्ट्र स्रोतले बताएको छ।

उपमन्त्री एवं तिब्बती मामिला हेर्ने अमेरिकी संयोजक जिया नेपाल आउने समाचार सार्वजनिक भएपछि चीनले उनको भ्रमणलाई नजिकबाट नियालेको छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका