देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना • Nepal's Trusted Digital Newspaperदेशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

  • समाचारपाटी
  • शनिबार, जेष्ठ ७, २०७९
देशका पहाडी भू-भागका केही स्थानमा  मेघगर्जन चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

हाल नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। हाल प्रदेश १, मधेश प्रदेश र बागमती प्रदेश लगायत देशका पहाडी भू-भागहरूमा आंशिक देखी सामान्य बदलीको अवस्था रहेको छ ।

जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेश लगायत देशका अन्य पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहनेछ।

प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशमा र अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

रातीमा भने प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली र देशका बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका