एक हजार रुपैयाँले बढ्याे छापावाला सुनको मूल्य • Nepal's Trusted Digital Newspaperएक हजार रुपैयाँले बढ्याे छापावाला सुनको मूल्य • Nepal's Trusted Digital Newspaper
  • होमपेज
  • एक हजार रुपैयाँले बढ्याे छापावाला सुनको मूल्य

एक हजार रुपैयाँले बढ्याे छापावाला सुनको मूल्य

  • समाचारपाटी
  • शुक्रबार, जेष्ठ ६, २०७९
एक हजार रुपैयाँले बढ्याे छापावाला सुनको मूल्य

काठमाडौं । शुक्रबार छापावाला सुनको मूल्य तोलामै एक हजार रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार  शुक्रबार सुनको मूल्य तोलामा एक हजार र चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको हाे ।

छापावाल सुनको मूल्य बढेसँगै तोलामा ९७ हजार ३ सय रुपैयाँ कायम भएको छ भने तेजावी सुनको मूल्य ९६ हजार ८ सय रुपैयाँ तोकिएको छ । बिहीबार छापावाल सुनको मूल्य ९६ हजार ३ सय र तेजावी सुनको मूल्य ९५ हजार ८ सय रुपैयाँ थियो ।

यस्तै शुक्रबार चाँदीको मूल्य १२ सय ७० रुपैयाँ तोकिएको छ । बिहीबार तोलामा १२ सय ५५ रुपैयाँमा चाँदीको खरिद बिक्री भएको थियो ।

आजको ट्रेन्डिङ समाचार

धेरै कमेन्ट गरिएका